• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल भर्सेस भारत : हेड टु हेड
खेलपाटी संवाददाता
शनिबार, असार ९, २०८० खेलपाटी संवाददाता
नेपाल भर्सेस भारत : हेड टु हेड

काठमाडौं । दक्षिण एसियाली फुटबलमा भारतले एकछत्र राज गर्दै आईरहेको इतिहासले बताउने गरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १३ औं संस्करणसम्म भारतले ८ पटक उपाधि जितेको छ ।

१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतको बैंगलोरमा आयोजना भईरहेको छ । आज शनिबार लिग चरण अन्तर्गतको खेलमा भारत र नेपाल भिड्दै छन् ।

नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता ।  त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

इतिहास पल्टाउदा नेपालविरुद्ध भारत सधै हाबी हुँदै आइरहेको छ ।

नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

तर, हामी नेपाल र भारतबीच हालसम्म भएको २४ खेलको चर्चा गर्नेछौँ । बंगलादेशमा सन् २००६ मा भएको पहिलो संस्करणको एएफसी च्यालेञ्ज कप अन्तर्गत नेपाल र भारतबीचको खेललाई फिफाले मान्यता दिएको छैन । त्यस खेलमा नेपालले सिनियर टिम मैदान उतारेपनि भारतले युवा टिम मैदान उतारेका थिए ।

१. सन् १९८५ डिसेम्बर ३१, ढाका

नेपाल र भारतबीचको पहिलो मान्यता प्राप्त औपचारिक खेल भएको थियो, बंगलादेशको ढाकामा । बंगबन्धु रंगशालामा भएको त्यस खेल दोस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत भएको थियो । त्यसमा नेपालले सुखद सुरुआत लिन सकेन् र अन्तत: भारत २–० ले विजयी रह्यो । यसअघिका दुई उमेर समूहका मान्यता प्राप्त खेलमा नेपालले भारतलाई लगातार हराएको थियो । तर राष्ट्रिय टिमले खेल्दा नेपालले त्यसलाई दोहराउन सकेन् ।

२. सन् १९८७ डिसेम्बर २३, कोलकाता

नेपाल र भारतबीचको दोस्रो खेल तेस्रो दक्षिण एसियाली खेलकुदका लागि भएको थियो र यो विशेष पनि थियो । किनभने यो पुरुष फुटबलको फाइनल थियो र यो खेललाई हेर्न केही नभएर पनि एक लाख भन्दा बढी दर्शक प्रसिद्ध साल्टलेक स्टेडियममा जम्मा भएका थिए । यसमा पनि भारत १–० ले विजयी रह्यो र स्वर्ण पदक चुम्न सफल रह्यो । नेपालले भने रजत पदकमै चित्त बुझाउन बाध्य रह्यो । यो खेल किन पनि ऐतिहासिक छ भने टेलिभिजनमा प्रतक्ष्य प्रशारण भएको यो नै पहिलो प्रतिस्पर्धा थियो ।

३. सन् १९८९ अक्टोबर २३, इस्लामावाद

नेपालले सुरुआती तीन संस्करणका दक्षिण एसियाली फुटबलको पुरुष फुटबलमा कुनै न कुनै पदक जितेको थियो, तर चौथो संस्करण आइपुग्दा त्यसमा पूर्ण विराम लाग्यो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई २–१ ले हरायो र नेपाल कांस्य पदक पनि जित्न सकेन् । यसरी नेपालले भारतविरुद्धका सुरुआती तीन खेलमा पनि लगातार हार बेहोर्‍यो । तर कम्तीमा नेपालले भारतविरुद्ध पहिलो ऐतिहासिक गोल भने निकाल्न सफल रह्यो र नेपालका यी नायक खेलाडी थिए, मणि शाह ।

४. सन् १९९३ जुलाई १९, लाहोर

सन् १९९३ मा पाकिस्तानले पहिलो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो । त्यो साफ च्याम्पियनसिप हुन अगाडिको प्रतियोगिता हो ।

त्यसमा पाँच टिमको सहभागिता थियो, देश भने चार । पाकिस्तानले दुई टिम उतारेको थियो । त्यसमध्ये एक टिम राष्ट्रिय टिम नै थियो । अर्को टिमको पाकिस्तान ह्वाइट थियो । यसले खेलेको खेल भने गणना गरिएन् ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगितामा भारतले नेपाललाई १–० ले हरायो र गोल गर्ने खेलाडी थिए, आईएम बिजयेन ।

५. सन् १९९३ डिसेम्बर २६, ढाका

यही दिन त भएको थियो, नेपाली फुटबलले सधैं सम्झिने खेल । बंगलादेशी राजधानी ढाकाले दोस्रो पल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो र त्यसको पुरुष फाइनलमा प्रवेश गरेका दुई टिम थिए, नेपाल र भारत ।

यस खेलमा नेपालले टाइब्रेकरमा खेल जितेको थियो, ४–३ को स्कोरले । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो ।

त्यसमै नेपालले पेनाल्टीमा ऐतिहासिक सफलता चुमेको थियो । यो सफलता किन पनि विशेष रह्यो भने यस संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको यही एक मात्र स्वर्ण पदक हो ।

फाइनलमा नेपाल पराजित भएको भए, नेपाल स्वर्ण पदक विहीन हुने थियो । खेलमा भने नेपालले उत्कृष्ट पुर्नआगमन रचेको थियो ।

एक गोलले पछाडि रहेको स्थितिमा सबैभन्द पहिलो उमेश प्रधानले गोल गरे । फेरि खेल १–२ ले पछाडि परेको स्थितिमा मणि शाहले फ्रि– किकमा शानदार गोल गरे र खेल बराबरी भयो ।

नेपाल फुटबलमा भारतीय टिममाथि हात पारेको यो नै पहिलो जित हो । नेपालले फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो । अझ विदेशी भूमिमा नेपाली राष्ट्रिय टिमले चुमेको यो पहिलो सफलता पनि हो ।

६. १९९५ डिसेम्बर २५, मद्रास

नेपाल र भारतबीचको छैटौं भेट फेरि एकपल्ट दक्षिण एसियाली खेलकुदले नै जुराएको थियो र स्थान थियो, मद्रास ।

यो खेलमा भारतले नेपालको सामना गर्दा पक्कै पनि बदलाको भावना थियो होला, ढाकामा बेहोरेको हारको बदला लिने । त्यसैले यो खेलमा भारतको प्रदर्शन उत्कृष्ट रह्यो र नेपाल मज्जाले ३–० ले पराजित रह्यो ।

यसपल्टको दक्षिण एसियाली खेलकुदमा जहाँ नेपालले पुरुष फुटबलमा कुनै पदक जित्न सकेन्, त्यहीं अपेक्षा अनुसार भारतले स्वर्ण पदक चुम्यो ।

७. १९९८ डिसेम्बर ५, बैंकक

यो समयसम्म एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय टिम नै हुने गर्थे । त्यसैले थाइल्यान्डमा भएको बैंकक एसियाली खेलकुदका अवसरमा फेरि एकपल्ट नेपाल र भारतको भेट भयो ।

यो त्यही समय हो, जति बेला भारतका वाइचुङ भुटिया आफ्नो खेल जीवनको उत्कृष्ट मोडमा थिए । तर पनि नेपाली डिफेन्सलाई उनलाई चुपचाप राख्न सफल भयो ।

नेपाल यो खेलमा पराजित त भयो, तर स्कोर भने धेरै हदसम्म सम्माजनक नै थियो, खालि १–० को ।

८. १९९९ सेप्टेम्बर ३०, काठमाडौं

भारतीय राष्ट्रिय टिमले पहिलो पल्ट औपचारिक रूपमा खेलेको खेल यही हो, तर यसमै नेपाल नराम्रोसँग पराजित भयो।

भरिभराउ दशरथ रंगशहालामा भारत ४–० ले विजयी रह्यो । रंगशाला बाहिर टिकट किनेर पनि भित्र प्रवेश गर्न नपाएको दर्शकमाथि लाठीचार्ज भइरहेको थियो । भित्र जान नपाएका दर्शक एक अर्थमा भाग्यमानी नै रहे ।

यी दुई देशबीच अहिलेसम्म जति पनि खेल भए, त्यसमा भारतले नेपाललाई सबैभन्दा नराम्रोसँग पराजित गरेको भनेको यही खेल हो । यही दक्षिण एसियाली खेलकुदपछि पुरुष फुटबल पनि राष्ट्रिय टिमको खेल हुन छाड्यो ।

९. सन् २००५ डिसेम्बर १८, कराँची

सन् २००५ मा पाकिस्तानको कराँचीले साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र त्यसमा नेपालको पहिलो खेल नै भारतविरुद्ध थियो । यी दुई टिमबीच पाँच वर्षको अन्तरमा खेल भएको थियो । त्यसमा भारत २–१ ले विजयी रह्यो ।

यसमा दुवै टिमले पेस गरेको चुनौती बराबरीको थियो । नेपालका लागि वसन्त थापाले गोल गरे । यही खेलबाट त नेपाली राष्ट्रिय टिममा नयाँ पुस्ताको सुरुआत भएको ।

यस खेलमा एकै पल्ट नेपालका लागि सात खेलाडीले डेब्यु गरेका थिए ।

१०. सन् २००६ अप्रिल ९, चिटगाउँ

नेपालले भारतीय टिमका पूर्व स्टार श्याम थापाको प्रशिक्षणमा पहिलो संस्करणको एएफसी च्यालेञ्जकप खेलेको थियो र यसमै नेपालले भारतमाथि ३–० को शानदार जित निकाल्न सफल रह्यो ।

नेपालका लागि वसन्त थापाले एक गोल गरे भने दुई गोल रह्यो, प्रदीप महर्जनको नाममा । प्रतियोगितामा भारतले उतारेको टिम भने पहिलो रोजाईको थिएन्, यसमा सम्मिलित अधिकांस खेलाडी नयाँ र युवा थिए ।

त्यसैले यो खेलमा प्राप्त जितलाई लिएर धेरै चर्चा भने गरिन्न ।

११. सन् २००८ जुन ३, माले

नेपालले मालेमा गरेको डेब्यु सुखद रहेन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको त्यस संस्करणमा फेरि एकपल्ट नेपालको पहिलो खेल भारतविरुद्ध नै थियो, त्यसमा फेरि एकपल्ट नेपाल नराम्रोसँग पराजित भयो ।

भारतले यो खेल सजिलै ४–० ले जित्यो ।

नेपाल भारतविरुद्ध चार गोलको अन्तरले दुई पल्ट पराजित रहेको छ र यो दोस्रो पल्ट थियो । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले विरलै मात्र राम्रो खेल्ने गर्छ । यो संस्करण पनि अपवाद रहेन ।

१२. सन् २००९ डिसेम्बर ७, ढाका

नेपालले फेरि एकपल्ट साफ च्याम्पियनसपमा भारत प्रतिद्वन्द्वी पाएको थियो, बंगलादेशमा भएको यस संस्करणमा ।

नेपालका लागि भने यो समूह चरणको दोस्रो खेल थियो र यसमा भारत १–० ले विजयी रह्यो । नेपालले यसअघि माल्दिभ्सविरुद्ध बराबरी खेलेको थियो । भारतविरुद्ध नेपालको यो दसौं हार थियो ।

यसले पनि देखाउने गर्छ, नेपालमाथि भारत कति हाबी छ भनेर । भारतसँग हारेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि एकपल्ट कमजोर बनेको थियो ।

१३. २०१२ अगस्ट ५, नयाँ दिल्ली

नेपालले सन् २०१२ मा नेहरुकप खेल्ने आमन्त्रण पाएको थियो र यसैक्रममा नेपालको भेट भयो, भारतसँग । त्यति बेला नेपाल खासै लयमा थिएन्, त्यसको ठीक उल्टो भारतले भने राम्रो गरिरहेको थियो । त्यसैले यस खेल अगाडि धेरैको अनुमान थियो, भारतले जित्ने मात्र छैन्, राम्रै अन्तरले जित्ने छ । तर नतिजा यस्तो आएन्, खेल गोल रहित बराबरीमा टुंगियो । नेपालका लागि भारतलाई उसकै भूमिमा बराबरीमा रोक्न सक्नु सन्तोषजनक नतिजा थियो ।

१४. २०१३ सेप्टेम्बर ५, काठमाडौं

नेपालले सन् २०१३ मा दोस्रो पल्ट साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र कम्तीमा काठमाडौं पूर्णत: फुटबलमय भएको थियो । यसैक्रममा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्न सफल रह्यो । यो जितको खासमा धेरै अर्थ छ । नेपाल समूह ए मा थियो र यसमा परेका अन्य टिम थिए, बंगलादेश र पाकिस्तान । नेपालले सुरुआती दुई खेलमा बंगलादेशलाई हराएको थियो भने त्यसपछि पाकिस्तानसँग बराबरी खेलेको थियो ।

यस्तोमा नेपालको सेमिफाइनल प्रवेश निश्चित भइसकेको थिएन् । यस्तोमा लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्दा नेपाललाई ढुक्क हुने स्थिति थिएन् । फेरि भारतलाई हराएको खण्डमा नेपाल समूह विजेता पनि हुन्थ्यो । आखिरमा यस्तै भयो, नेपालले भारतलाई २–१ ले हरायो । गोल गर्ने खेलाडी थिए, अनिल गुरुङ र जुमनु राई । पहिलो हाफको गोलरहित बराबरपछि अनिलले ७० औं मिनेटमा पहिलो गोल गरे । त्यसको नौ मिनेटपछि जुमनुले दोस्रो गोल थपे । भारतका रोबिन सिंहले गोल गरे ।

भारतले खेलको अन्त्यतिर नेपालमाथि निकै चर्को दबाब सिर्जना गरेको थियो र यही क्रममा एक गोल फर्काउन पनि सफल रह्यो । सयद नाबीले इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काएपछि खेल निकै तनावपूर्ण र रोमाञ्चक मोडमा पुगेको थियो । यो जित किन ऐतिहासिक छ भने नेपालले भारतलाई हराएको यो तेस्रो अवसर मात्र हो । तर सबैभन्दा प्रभावशाली जित यही हो । सन् १९९३ मा पराजित गर्दा टाइब्रेकर चलेको थियो भने सन् २००६ मा हराउँदा भारत पहिलो रोजाईको टिम थिएन् ।

 १५. २०१३ नोभेम्बर १९, सिलगुढी

भनिन्छ, सिलगुढीमा पनि फुटबल निकै लोकप्रिय छ, त्यसैले सन् २०१३ मा यही पश्चिम बंगालको सहरले भारत र नेपालबीचको मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो ।

फेरि सिलगुढी नेपालबाट निकै नजिक पनि छ । संयोग कस्तो रह्यो भने यी दुई छिमेकी देशबीच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल भएको यो नै पहिलो पल्ट हो । त्यो अर्थमा यो ऐतिहासिक रह्यो ।

तर खेल भने भारतको पक्षमा रह्यो र उसले यो खेल २–० ले जित्यो ।

१६. २०१५ मार्च १२, गुवाहटी

यसपल्ट भने विश्वकप छनोटले नेपाल र भारतबीचको खेलको अवसर जुराएको थियो ।

एसियाली विश्वकप छनोटको दोस्रो चरणमा यी दुई देशबीच दुई लेगमा प्ले अफ भएको थियो र त्यसको पहिलो लेग भएको थियो, भारतको गुवाहटीमा । त्यसमा भारत फेरि एकपल्ट २–० ले विजयी रह्यो र छनोटको अर्को चरण पुग्ने सम्भावनालाई जीवन्त राख्न सफल भयो ।

नेपालका लागि यो खेल हार्नुको अर्थ विश्वकप छनोटको यही चरणमा रोकिनु जस्तै थियो ।

१७. २०१५ मार्च १७, काठमाडौं

गुवाहटीमा भएको खेलका पाँच दिन बित्दा नबित्दै नेपालले भारतको आथित्य गरेको थियो, दशरथ रंगशालामा ।

भारतलाई दोस्रो लेगमा दुई गोलको अग्रता त प्राप्त थियो, तर ढुक्क हुन सकेको थिएन् । भारतीय प्रशिक्षक स्टेफन कन्साइटिनले नेपाल वास्तवमै बलियो विपक्षी टिम रहेको पनि माने । उनी नेपालकै पूर्व प्रशिक्षक पनि हुन् ।

यो खेल भने गोलरहित बराबरीमा टुंगियो । यी दुई छिमेकी देशबीचको खेलमा कुनै गोल निस्कन नसकेको यो दोस्रो अवसर मात्र थियो ।

१८. २०१५ अगस्ट ३१, पुना

पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल भएको दुई वर्षपछि भारतले फेरि एकपल्ट यस्तै एउटा अर्को खेलको आयोजना गरेको थियो र यसपल्ट खेल भएको थियो, पुनामा ।

महाराष्ट्रको यस दोस्रो ठूलो सहरमा पनि फुटबल उत्तिकै लोकप्रिय छ ।

यसको नतिजा पनि गोलरहित बराबरी रह्यो । यसरी नेपाल र भारतले लगातार दुई खेल गोलरहित बराबरी खेले ।

यो खेल अर्को एक अर्थमा पनि महत्त्वपूर्ण छ र त्यो हो, यो सागर थापाको अन्तिम खेल थियो । त्यसपछि के भयो, सबैलाई थाहा छ नै ।

१९. २०१५ डिसेम्बर २७, त्रिवेन्द्ररम

साफ च्याम्पियनसिपको त्यस संस्करणमा नेपालको समूहमा खालि तीन टिम मात्र थिए, नेपालसँगै भारत र श्रीलंका ।

नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध थियो र त्यसमा पराजित भयो । त्यस्तोमा नेपालसामु भारतमाथिको लिग चरणको दोस्रो खेलमा जित निकाल्न अनिवार्य थियो ।

प्रशिक्षक प्याट्रिक ओसेम्सले आक्रमक रणनीति अपानाए । यस्तोमा सुरुमै नेपालले गोल निकाल्न पनि सफल रह्यो, विमल घर्तिमगरको सहयोगले ।

तर त्यसपछि भने खेलमाथि नेपालको पकड गुम्यो र भारत ४–१ ले विजयी रह्यो ।

२०. २०१७ जुन ७, मुम्बई

भारतले फेरि एकपल्ट नेपाललाई आफ्नो भूमिमा खेल्ने निम्तो दिएको थियो र त्यसमा आफूलाई चाहिएको जित निकाल्न सफल पनि रह्यो ।

नेपालले यस खेलमा राम्रै चुनौती पेस गर्ने प्रयास गरेको थियो, जापानी प्रशिक्षक ग्योतुकु कोजीको नेतृत्वमा । तर मुम्बईमा भएको यस खेलमा पनि भारत २–० ले विजयी रह्यो ।

२१. २०२१ सेप्टेम्बर २, काठमाडौं

यस पटक भने भारतले दुई मैत्रीपूर्ण खेलका लागि नेपालको भ्रमण गरेको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि भारतले नेपालको भ्रमण गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो ।

घरेलु दर्शकसामु अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

२२. २०२१ सेप्टेम्बर ५, काठमाडौं

साफको तयारीका लागि नेपाल आएको भारतले दोस्रो मैत्रीपूर्णमा भने जित निकाल्यो ।

दशरथ रंगशालामा नेपालले भारतलाई हराउने अनुमान गरिएको थियो । तर, अन्तमा नतिजा भारतको पक्षमा २-१ को रह्यो ।

भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुख चौधरीले एक एक गोल गरे । नेपालका तेज तामाङले एक गोल फर्काएका थिए ।

२३. अक्टोबर १०, २०२१ माले

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणमा नेपालले भारतको सामना गरेको थियो । तर, माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा पुन: नेपाल पराजित भयो ।

भारतले एकतर्फी पकड जमाएको खेलमा नेपालले नतिम १० मिनेट भित्र गोल व्यहोरेको थियो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए।   

२४. अक्टोबर १६, २०२१ माले

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा नेपालले भारतको सामना गरेको थियो । तर, माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा फेरि नेपाल पराजित भयो ।

फाइनलमा नेपाललाई ३-० ले हराएर भारत आठौं पटक च्याम्पियन बनेको थियो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
कुन्हाको बाल्यकालदेखि सपना पूरा
कुन्हाको बाल्यकालदेखि सपना पूरा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP