नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता
बुधबार, ०६ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालविरुद्ध कुवेतले दुई गोलको अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका छन् ।
त्यसअघि खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत पहिलो गोल गरेका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।
नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता






-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)




