• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अमेरिकाविरुद्ध नेपाल : हेड टु हेड 
खेलपाटी संवाददाता
सोमबार, असार ४, २०८० खेलपाटी संवाददाता
अमेरिकाविरुद्ध नेपाल : हेड टु हेड 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोली मंगलबार नेपाल र अमेरिकाबीच खेल हुदैछ । 

अमेरिकाविरुद्ध नेपालको उक्त खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिकाबीचको खेल पहिलो पटक हुन लागेको हो । एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र अमेरिकाबीच धेरै पटक खेल भईसकेको छ । 

हालसम्म नेपाल र अमेरिकाबीचमा ६ ओडिआई खेलमा भेट भएको छ । ६ भेटमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ । दुईबीचको एक खेल भने टाई भएको छ । 

नेपाल र अमेरिकाबीचको पहिलो ओडिआई खेल विश्वकप लिग टू को नेपाल सिरिज अन्तर्गत भएको थियो । नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० फेब्रुअरी ८ मा भएको थियो । सो खेल नेपालले ३५ रनले जितेको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९ दशमलब २ ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भन्डारीले अर्धशतक प्रहार गरेका थिए । भन्डारीले ७९ बलमा ५६ रन बनाउँदा मल्लले ५१ बलमा ५० रन बनाएका थिए । अमेरिका लागि क्यामरन स्टेभसनले ३ तथा सौरभ नेत्राभाल्कर र रुस्टी थोरनले समान २/२ विकेट लिएका थिए । 

१ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ दशमलब १ ओभरमा १ सय ५५ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । नेपालका लागि करण केसीले ४ तथा सुसन भारीले ३ विकेट लिएका थिए । 

नेपाल र अमेरिकाबीचको दोस्रो भेट सोहि सिरिजको दोस्रो खेलमा भएको थियो । सो खेलमा अमेरिकाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ओडिआई ईतिहासको कम योगफलमा अमेरिकालाई रोकेको थियो । 

अमेरिका १२ ओभरमा मात्र ३५ रन बनाउँदै अलआउट भएको थियो । अमेरिकाका एक खेलाडीले मात्र दोहारो अंकमा रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए । अर्का स्पिनर सुसन भारीले ३ ओभरमा ५ रन खर्चिएर बाँकी ४ विकेट लिएका थिए । 

३६ रनको लक्ष्य नेपालले ५ दशमलब २ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि पारस खड्काले १२ बलमा २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाएका थिए । 

नेपाल र अमेरिकाबीचको तेस्रो भेट विश्वकप लिग टूको ओमान सिरिजका क्रममा भएको थियो । सो खेल नेपालले ५ विकेटले जितेको थियो । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । मोनाकं पटेलको शतकको सहयोगमा अमेरिकाले ५० ओभरमा २ सय ३० रन बनाउँदा ९ विकेट गुमाएको थियो । 

पटेलले १ सय १४ बलमा १ सय रनको शतकीय ईनिङ खेलेका थिए । नेपालका लागि सुसन भारी र सन्दीप लामिछानेले समान २/२ विकेट लिएका थिए । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएका थिए । भुर्तेलले ९३ बलमा ८४ तथा हालका कप्तान पौडेलले ८७ बलमा ६२ रन बनाएका थिए । 

अमेरिका र नेपालबीचको चौथो भेट ओमान सिरिजका क्रममा नै भएको थियो । २०२१ सेप्टेम्बर १७ मा भएको खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अलआउट भएको थियो । 

नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेल्दा कुशल भुर्तेलले ४३ बलमा ३६ रन बनाएका थिए । अमेरिकाका सौरभ नेत्राभाल्करले ४ तथा कायल फिलिप्सले ३ विकेट लिएका थिए । 

१ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । अमेरिकाका लागि स्टेभन टेलरले ६३ बलमा ९२ तथा मोनाकं पटेलले ७० बलमा ३८ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिएका थिए । 

अमेरिकासँग नेपालको पाँचौ भेट २०२२ जुन ११ मा भएको थियो । विश्वकप लिग टूको अमेरिका सिरिजका क्रममा भएको थियो । सो खेल टाई भएको थियो । टस जितेर नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपाल ४९ दशमलब २ ओभरमा २ सय ७४ रनमा अलआउट भएको थियो । 

नेपालका लागि रोहित पौडेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेलेका थिए । हालका कप्तान पौडेलले ७२ बलमा ६२ तथा ओपनर शेखले ७० बलमा ६१ रन बनाएका थिए । अमेरिकाका लागि रुस्टि थोरनले ४ तथा सौरभ नेत्राभाल्करले २ विकेट लिएका थिए । 

२ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन मात्र बनाए पछि खेल टाई भएको थियो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन आवश्यक रहेको थियो । नेपालको तर्फाबाट बलिङमा आएका आदिल आलमले मात्र ४ रन दिएपछि खेल टाई भएको थियो । 

अमेरिकाका लागि स्टेभन टेलरले १ सय २३ बलमा १ सय १४ को अर्धशतकीय ईनिङ खेलेका थिए । नेपालका लागि आदिल आलमले ३ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए । 

अमेरिका र नेपालको पछिल्लो तथा छैटौं भेट सोही सिरिज अन्तर्गत भएको थियो । सो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । 

अमेरिकाका लागि सुशान्त मोदनी र गजानन्द सिंहले अर्धशतकीय ईनिङ खेलेका थिए । सिंहले ६० बलमा ५८ तथा मोदनीले ८३ बलमा ५४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिएका थिए । 

२ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल४७ दशमलब ४ ओभरमा २ सय ६ रनमा अलआउट भएको थियो । नेपालका लागि आरिफ शेखले ७६ बलमा ६३ तथा सोमपाल कामीले ७२ बलमा ४७ रन बनाएका थिए । अमेरिकाका लागि अलि खान र सौरभ नेत्राभाल्करले समान ३/३ विकेट लिएका थिए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP