काठमाडौं । अमेरिकाका तीव्र गतिका बलर अलि खानले आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत मंगलबार नेपालविरुद्धको खेल गुमाउने भएका छन् ।
तीव्र गतिका बलर खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ ।
खेल भावना विपरित कार्य गरेपछि उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाएकोले खानले नेपालविरुद्धको खेल गुमाउने भएका छन् ।
विश्वकप छनोटमा आइतबार वेस्ट इन्डिजसँगको खेलमा पनि खान उपलब्ध रहेका थिएनन् । मंगलबार नेपालसँगको खेल पश्चात मात्र खानको प्रतिबन्ध फुकुवा हुने हुनेछ ।
खान अमेरिकाका मुख्य तिव्रगतिका बलर हुन् । ३२ वर्षिय खानले १२ एकदिवसीय खेलमा ३० विकेट लिएका छन् ।