• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जिम्बावेले नेपाललाई हरायो
खेलपाटी संवाददाता
आइतबार, असार ३, २०८० खेलपाटी संवाददाता
जिम्बावेले नेपाललाई हरायो

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीका बाबजुद नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ ।

हरारे स्पोर्टस् क्लबमा आईतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । 

नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

जिम्बावेको जितमा कप्तान समेत रहेका ओपनर क्रेग ईव्रानले अविजित १ सय २१ रनको शतकीय ईनिङ खेले ।

उनले १ सय २८ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय २१ रन बनाएका हुन् । ३७ वर्षिय क्रेगले आफ्नो चौथो शतक १ सय ११ बलमा पूरा गरेका थिए । 

Craig Ervine celebrates his match-winning century

तेस्रो विकेटका लागि क्रगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको विजयी साझेदारी गरे । 

सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय ईनिङ खेले । 

विस्ली माधिवेरीले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए । ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १/१ विकेट लिए । 

Gulsan Jha celebrates a wicket with his team-mates, Zimbabwe vs Nepal, ICC Cricket World Cup Qualifier, Harare, June 18, 2023

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो । 

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए । 

कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए । उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए । 

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध भएको थियो । नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

अर्का ओपनर शेख मासाकाट्जाको नै बलमा रायन बर्लबाट क्याच आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । 

गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो । 

Sompal Kami made the opening breakthrough, Zimbabwe vs Nepal, ICC Cricket World Cup Qualifier, Harare, June 18, 2023

जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे । 

जितसँगै जिम्बावे २ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा रहेको छ ।

नेपालको दोस्रो खेल २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP