काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले आज घरेलु टोली जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
जिम्बावेविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, नेपाललाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।
जिम्बावेविरुद्ध खेल्ने नेपालको प्लेईङ-११ सार्वजनिक भएको छ ।
नेपालको प्लेईङ-११
सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख (विकेटकिपर), गुलसन झा