काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल आइसीसी एकदिवसीय विश्वकप छनोट २०२३ मा सबैभन्दा कान्छा कप्तानको रुपमा छन् ।
आज आईतबारबाट सुरु हुने विश्वकप छनोट खेलमा सहभागी १० टोलीका कप्तान मध्ये नेपालका कप्तान पौडेल सबैभन्दा कम उमेरका रहेका छन् ।
विश्वकप छनोट सुरु हुने दिन आईतबार रोहित २० वर्ष २ सय ८८ दिनका छन् । विश्वकप छनोट खेल्ने अन्य ९ टोलीका कप्तानहरु २५ वर्षभन्दा माथिका छन्।
सबैभन्दा पाका कप्तान भने जिम्बावेका क्रेग इर्विन रहेका छन् । विश्वकप छनोट सुरु हुने दिन इर्विन ३७ वर्ष ३ सय ३ दिनका भएका छन् ।
संयोग नै भन्नु पर्छ पाका कप्तान इर्विन र कान्छा कप्तान पौडेलको टोलीको खेल पहिलो दिन नै रहेको छ ।
