• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जिम्बावेविरुद्ध नेपालको सम्भावित प्लेईङ-११
खेलपाटी संवाददाता
आइतबार, असार ३, २०८० खेलपाटी संवाददाता
जिम्बावेविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आईतबार घरेलु राष्ट्र जिम्बावेसँग खेल्दैछ । 

जिम्बावे र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

घरेलु टोलीलाई हराउदै नेपाल प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ । गत बैशाखमा भएको एसीसी प्रिमियर कपको फाइनलमा खेलेको प्लेईङ-११ मा एक खेलाडी परिर्वतन हुने सम्भावना रहेको छ । 

नेपालको ओपनिङ जोडिका रुपमा कुशल भुर्तेल र आशिफ शेखको जोडि नै कायम रहने प्रवल सम्भावना रहेको छ । विश्वकप छनोटको तयारी स्वरुप जिम्बावेमा खेलिएको वार्मअप खेलमा लयमा देखिएका दुवैबाट यस खेलमा समेत सोहि अपेक्षा गरिएको छ ।

पहिलो वार्मअप खेलमा ५७ तथा दोस्रो खेलमा ७१ रनको साझेदारी उनीहरुबाट आएको थियो । 

तेस्रो नम्बरमा युवा ब्याटर भीम सार्कीले मौका पाउने सम्भावना रहेको छ । छोटो समयमा नै राष्ट्रिय टोलीमा राम्रो छाप छोड्न सफल भीमबाट टोलीले सदा झैं उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्ने छ । 

चौथो नम्बरमा ओडिआई क्रिकेटमा नेपालका लागि सर्वाधिक सफल ब्याटर तथा हालका कप्तान रोहित पौडेलले मौका पाउने सम्भावना रहेको छ । रोहितको एकदिवसीय क्रिकेटमा निरन्तर रहेको उत्कृष्ट प्रदर्शनको आज पनि अपेक्षा रहने छ । 

पाँचौं स्थानमा नेपालका मध्यक्रमको खम्बा मानिने आरिफ शेख रहने सम्भावना छ । आरिफको प्रदर्शनका कारण नेपालको मध्यक्रम बलियो मानिएको छ । टोलीलाई आवश्यकता परेमा शेखले मिडियम पेस बलिङ समेत गर्ने क्षमता राख्नेछन् । 

छैटौं स्थानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना रहेको छ । दीपेन्द्र एकदिवसीय ब्याटिङमा पछिल्लो समय खास उल्लेखनिय प्रदर्शन गर्न असक्षम देखिएका छन् । १० ओभर बलिङका प्याकेज दीपेन्द्र फिल्डिङमा समेत उत्तिकै अब्बल रहदै आएका छन् । प्रशिक्षको नयाँ रणनीति अनुरुप ऐरी फिनिसर ब्याटरका रुपमा टोलीमा रहने सम्भावना रहेको छ । 

अलराउन्डर कुशल मल्ल सातौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटिङ सहित स्पिन बलिङको समेत क्षमता रहेका मल्ल विशेष त लामो सट खेल्न पोख्त रहेका छन् । उनबाट टिमले राम्रो फिनिश सहित केही ओभर बलिङको समेत अपेक्षा रहने छ । 

अलराउन्डर गुलसन झाले आठौं नम्बरमा स्थान बनाउने सम्भावना रहेको छ । राम्रो ब्याटिङ कला तथा तिव्र गतिको बलिङका लागि चिनिएका झाबाट ब्याटिङमा राम्रो फिनिशको अपेक्षा रहने छ । बलिङमा उनको बाउन्सर क्षमताको मुख्य अपेक्षामा टिम रहने छ । 

तिव्र गतिका बलर करण केसी नवौं नम्बरमा नेपाली टिमको हिस्सा रहने सम्भावना छ । केसीमा रहेको ब्याटिङ क्षमता पनि टोलीको आवश्यतामा रहने छ । 

अर्का तिव्र गतिका बलर सोमपाल कामी दशौं नम्बरमा रहने सम्भावना रहेको छ । दोस्रो वार्मअप खेलमा ओमानको शीर्षक्रमका ब्याटरहरुलाई पेभिलियन फर्काउन सोमपालको बलिङ अहम रहेकोमा आज पनि सोहि अपेक्षामा टिम रहेको छ । 

अन्तिममा नेपाली टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ । सन्दीप एसोसिएटका हालका १ नम्बरका बलर हुन् भन्दा फरक नपर्ला । उनीबाट आजको खेलमा नम्बर १ को जस्तै बलिङ अपेक्षा रहने छ ।  

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने 

(नोटः टोलीको आवश्यकता अनुसार ब्याटिङक्रम भने परिवर्तन हुन सक्नेछ । )

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP