काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आईतबारबाट जिम्बावेमा सुरु हुदैछ ।
जिम्बावेविरुद्ध नेपालको उक्त खेल हरारे स्पोट्स क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो ।
प्रतियोगिताको पहिलो खेल जितका साथ सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ । जिम्बावेसँग नेपालले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।
२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।
२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो ।
नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ । ४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।
उक्त खेलमा नेपालका शरद भेषवाकरले ५२ तथा आरिफ शेखले ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । बलिङ तर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए ।