एजेन्सी – घरेलु टोली बंगलादेशले एकमात्रै टेस्टमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
बंगलादेशको मिरपुरमा भएको खेल घरेलु टोलीले चौथो दिनमा नै ५ सय ४६ रनको फराकिलो अन्तरले जितेको हो । घरेलु टोलीले दिएको ६ सय ६२ रनको लक्ष्य पछ्याएको पाहुना टोली १ सय १५ रनमा अलआउट भयो ।
अफगानिस्तका रहमात शाहले सर्वाधिक ३० रन बनाए । करिम जन्नत १८ र कप्तान हशमतुल्लाह शाहिदीले १३ रनमा आउट भए । अन्य कुनैपनि अफगानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि तस्किन अहमदले ४ तथा शोरिफुल इस्लामले ३ विकेट लिए । इबाडोट हसन र मेहेदी हसनको नाममा समान १/१ विकेट रह्यो ।
बंगलादेशले दोस्रो इनिङ ४ विकेट गुमाएर ४ सय २५ मा समाप्तिको घोषणा गर्यो । घरेलु टोलीका लागि नाजमुल हसन शान्टो र मोमिनुल हकले सानदार शतकिय ईनिङ खेले ।
शान्टोले १ सय ५१ बलमा १५ चौकाको सहयोगमा १ सय २४ रन बनाए । हकले १ सय ४५ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय २१ रन बनाए ।
कप्तान लिन्टन दासले ८१ बलमा ८ चौकाको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । जकिर हसनले ९५ बलको सहयोगमा ७१ रन बनाए ।
पाहुना टोली अफगानिस्तानका लागि जाहिर खानले २ तथा अमिर हम्जाले १ विकेट लिए ।
अफगानिस्तान पहिलो इनिङमा १ सय ४६ रनमा अलआउट भएको थियो ।
अफगानिस्तानका लागि अफ्सार जजाईले सर्वाधिक ३६ र नासिर जमलले ३५ रन बनाए । करिम जन्नतले २३ तथा अब्दुल मल्लिकले १७ रन बनाए ।
बंगलोदशका एबाडोट हुसैनले ४ तथा शोरिफुल इस्लाम, तैजुल इस्लाम र मेहदी हसन मिराजले समान २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बंगलोदश ३ सय ८२ रनमा अल आउट भएको थियो ।
बंगलादेशका नाजमुल हसन शान्टोले १ सय ७५ बलमा २३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक १ सय ४६ रनको शतकीय ईनिङ खेले ।
मेहमुदुल हसनले १ सय ३७ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेले ।
अफगानिस्तानका निजात मसुदले ५ विकेट लिएका थिए ।