काठमाडौं । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेलमा बर्षा बाधक बनेको छ ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग खेल्ने तालिका तय भए पनि निरन्तरको बर्षाको कारण टस समेत हुन सकेको छैन ।
हङकङको मङकङमा खेल बिहान पौने ७ मा सुरु हुने तालिका रहेको थियो ।
हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्छ ।
नेपाल सेमिफाइनल प्रवेशको सम्भावना पक्का गर्न शनिबार नै हुने दोस्रो खेलमा भारत ए ले पाकिस्तान ए लाई फराकिलो अन्तरमा हराउनु पर्ने हुन्छ ।
निरन्तर बर्षाका कारण खेल रद्द भएमा नेपालको सेमिफाइनल सम्भावना समाप्त हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।
प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
समूह 'बी' मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका 'ए' रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।