• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेस्ट इन्डिजसँग पहिलो पटक खेल्दै नेपाल
खेलपाटी संवाददाता
शुक्रबार, असार १, २०८० खेलपाटी संवाददाता
वेस्ट इन्डिजसँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौं । नेपालले दुईपटकको आइसीसी एकदिवसीय विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको छ ।

आईतबारबाट जिम्बावेमा सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका क्रममा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो । 

यसअघि नेपालले टी-ट्वान्टी तथा एकदिवसीय फम्र्याटमा वेस्ट इन्डिजसँग खेलेको थिएन ।

west indies1686101735.jpg

वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो । १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो । 

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेस्ट इन्डिज च्याम्पियन बनेको थियो ।

विश्वकप छनोटमा वेस्ट इन्डिज नेपालसँगै समूह 'ए' मा रहेको छ । यस समूहमा घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् । 

आफ्नो समूहमा रहेका अन्य तीन देशसँग नेपाल यस अघि खेलिसकेको भए पनि वेस्ट इन्डिजसँग भने पहिलो पटक खेल्दैछ । दुई पटकको विश्वकप च्याम्पियनसँग नेपालको खेल २२ जुन अर्थात असार ७ गते रहेको छ । 

जिम्बावेसँग २०१८ मा भएको एकदिवसीय विश्वकप छनोटमा नेपालले खेलेको थियो । उक्त खेलमा जिम्बावे फराकिलो अन्तरले विजयी भएको थियो । जिम्बावेसँग नेपालको त्यो नै पहिलो र अन्तिम भेट रहेको थियो । 

समूह 'ए' मै रहेको अमेरिकासँग नेपालले छ एकदिवसीय खेल खेलेको छ । तीन खेलमा नेपाल तथा दुई खेलमा अमेरिकाले जित हासिल गरेका छन् । नेपाल र अमेरिकाबीचको एक खेल भने टाई भएको थियो । 

समूह 'ए' मै रहेको नेदरल्यान्ड्स र नेपालले दुई एकदिवसीय खेल भएको छ । नेपाल तथा नेदरल्यान्ड्सले एक एक खेलमा जित हात पारेका छन् । 

घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता सुरु गर्ने नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात असार ३ मा हुनेछ ।  

नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।  

आइसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावेमा रहेको छ ।

जिम्बावेमा नेपालले दुई वार्मअप खेल खेलेको थियो । पहिलो वार्मअप खेलमा युएईसँग पराजित भएको थियो । तर, दोस्रो खेलमा ओमानलाई भने पराजित गरेको थियो ।

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह 'ए' मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । उता, समूह 'बी' मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् । 

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP