काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा ओमानबाट २ ६८ रनको लक्ष्य पाएको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । मकसुदले १ सय बलमा शतक पूरा गरेका थिए । नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरेको थियो । ओमानले ६ दशमलब २ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
पाँचौ विकेटका लागि कप्तान मकसुद र सोयब खानले १ सय १४ बलमा ९४ रनको साझेदारी गरे पछि ओमान खेलमा फर्किएको थियो । खानले ६८ बलमा ३८ रन बनाए ।
सातौं विकेटका लागि मकशुदले आयान खानसँग १ सय १५ रनको शतकीय साझेदारी गदैं टोलीलाई बलियो योगफल तर्फ पुर्याएका थिए । खानले ४६ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले ।
आठौं विकेटका लागि खान र नसिम खुसिले २८ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।
सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट आफ्नो नाम गरे ।
पहिलो वार्मअप खेलमा पराजित दुवै टोली जितका साथ वार्मअप खेल सकाउन चाहन्छन् । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो । पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।
दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ विश्वकप छनोट खेल्न चाहन्छ ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोलीसँग खेल्नेछ । ओमान पहिलो खेल सोमबार आयरल्यान्डविरुद्ध रहेको छ ।
वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ-११ खोज्ने सोचमा हुनेछन् ।