काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको दोस्रो तथा अन्तिम वार्मअप खेलमा ओमानविरुद्ध उत्कृष्ट बलिङ सुरुआत गरेको छ ।
पहिलो पावर प्लेको समाप्तीसम्म नेपालले ४ विकेट लिईसकेको छ । ४ विकेट लिदा नेपालले २८ रन खर्चिएको छ । नेपालका लागि तिव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीले ४ सफलता दिलाएका छन् ।
सोमपालले ३ तथा करणले १ विकेट आफ्नो नाम गरेका छन् ।
क्रिजमा अहिले कप्तान जिशान मकसुद र सोयब खान रहेका छन् । मकसुद १५ तथा खान ४ रनमा अविजित रहेका छन् ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा ओमानका कप्तान जिशान मकसुदले जितेका हुन् । टस जितेर ओमानले ब्याटिङ रोज्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ ।
पहिलो वार्मअप खेलमा पराजित दुवै टोली जितका साथ वार्मअप खेल सकाउन चाहन्छन् । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो । पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।
दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ विश्वकप छनोट खेल्न चाहन्छ ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोलीसँग खेल्नेछ । ओमान पहिलो खेल सोमबार आयरल्यान्डविरुद्ध रहेको छ ।
वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ-११ खोज्ने सोचमा हुनेछन् ।