काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा ओमानसँग नेपालले टस हारेको छ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा ओमानका कप्तान जिशान मकसुदले जितेका हुन् । टस जितेर ओमानले ब्याटिङ रोज्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
पहिलो वार्मअप खेलमा पराजित दुवै टोली जितका साथ वार्मअप खेल सकाउन चाहन्छन् । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो । पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।
दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ विश्वकप छनोट खेल्न चाहन्छ ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोलीसँग खेल्नेछ । ओमान पहिलो खेल सोमबार आयरल्यान्डविरुद्ध रहेको छ ।
वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ-११ खोज्ने सोचमा हुनेछन् ।