काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र वेस्ट इन्डिजका विष्फोटक ब्याटर आन्द्रे रसेल एकै टोलीबाट ग्लोबल टी-ट्वान्टी क्यानडा खेल्ने भएका छन् ।
मंगलबार राती भएको ड्राफ्टमा दीपेन्द्र र रसेललाई मोन्ट्रियल टाइगर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।
दीपेन्द्र भने पहिलो पटक विदेशी लिग खेल्दै छन् । विदेशी लिग खेल्ने दीपेन्द्र छैटौं नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागीता जनाईसकेका छन् ।
ग्लोबल टी-ट्वान्टी खेल्ने भने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।
रसेल विश्व क्रिकेटका विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङको लागि चिनिन्छन् । यता, दीपेन्द्र भने मध्यक्रममा ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र नेपाली क्रिकेटका वर्तमान समयका एक उत्कृष्ट फिल्डर र अलराउन्डर समेत हुन् ।
रसेल हाल वेस्टइन्डिजको टोलीमा छैनन् । उनले विश्वका चर्चित फ्रेन्चाईज क्रिकेट लिग खेलिसकेका छन् । तर, आगामी एकदिवसीय विश्वकपमा रसेल टोलीमा फर्किने सम्भावना छ ।
दीपेन्द्रको टोलीमा बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन पनि छन् । हसन हालका विश्व किकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । अष्ट्रेलियाका ओपनर क्रिस लिन, शेर्फान रदरफोर्ड र कार्लोस ब्रेथवेट छन् ।
ग्लोबल टीट्वान्टी क्यानडा आगामी जुलाई २० देखी ६ अगष्ट सम्म हुनेछ । नेपालका पूर्व कप्तान सन्दीप लामिछाने मंगलबार राती भएको ड्राफ्टमा सरे ज्याकआरलमा अनुबन्ध भएका छन् ।
मोन्ट्रियल टाइगर्सको टोली :
सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, शेर्फान रदरफोर्ड, कार्लोस ब्रेथवेट, मोहम्मद अब्बास अफ्रिदी, जाहिर खान, मोहम्मद वासिम, अकिफ राजा, आयन खान, दीपेन्द्रसिंह ऐरी, कलिम साना, श्रीमन्था विजयरत्ने, म्याथ्यु स्पोर्स, विज्पेन्द्र सिंह, दीलप्रीत सिंह, अनुप चिमा