काठमाडौं । चौथो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सन आज बुधबार हुदैछ ।
अक्सन श्रीलंकामा नेपाली समय अनुसार अपरान्ह साढे २ मा सुरु हुनेछ । अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले स्थान बनाएका छन् ।
एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना हुने लागेको अक्सनमा सन्दीपले स्थान बनाएका हुन् ।
सन्दीप अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । तर, व्यक्तिगत कारणले उनले लिगमा सहभागीता जनाउन पाएनन् ।
उनमा अघिल्लो संस्करणमा समेत टिमको नजर रहेको कारण यस ऐतिहासिक अक्सनमा सन्दीपको कुनै टोलीमा अनुबन्ध हुने सम्भावना रहेको छ ।
श्रीलंका क्रिकेट बोर्डले सोमबार जारी गरेको अक्सनको अन्तिम लिस्टमा नेपालका सन्दीप अटाएका हुन् । नेपालबाट अक्सनमा सन्दीप मात्र अटाएका हुन् ।
सन्दीप विदेशी कोटाबाट अक्सन सूचीमा परेका हुन् । सूचीमा सन्दीपसहित ३ सय ६० खेलाडी छन् ।
यस संस्करणको एपीएल ३१ जुलाई अर्थात साउन १५ बाट सुरु हुँदैछ ।