काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध राम्रो बलिङको सुरुआत गरेको छ ।
पावर प्लेको खेल सकिदा नेपालले ३३ रन खर्चिएर ३ विकेट लिएको छ । नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो । छैटौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएकी कविता जोशीले २ विकेट लिएकी थिईन् ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको हो ।
हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजे पछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दैछ ।
प्रतियोगितामा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने सोचमा रहेका छन् ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।