काठमाडौं । लंका प्रिमियर लिग(एलपीएल) खेलाडी छनोटको अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले स्थान बनाएका हुन् ।
एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना हुने लागेको अक्सनमा सन्दीपले स्थान बनाएका हुन् ।
श्रीलंका क्रिकेट बोर्डले सोमबार जारी गरेको अक्सनको अन्तिम लिस्टमा नेपालका सन्दीप अटाएका हुन् । नेपालबाट अक्सनमा सन्दीप मात्र अटाएका हुन् ।
सन्दीप विदेशी कोटाबाट अक्सन सूचीमा परेका हुन् । सूचीमा सन्दीपसहित ३ सय ६० खेलाडी छन् ।
यस संस्करणको एलपीएल जुलाई ३१ बाट सुरु हुँदैछ । चौथो संस्करणको एलपीएल अक्सन बुधबार हुदैछ ।