स्पिनर ज्याकले एसेज सिरिज गुमाउने
सोमबार, जेठ २२, २०८०खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले अष्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाउने भएका छन् ।
स्पिनर ज्याकले ढाडको चोटका कारण एसेज सिरिज गुमाउने भएका हुन् ।
३१ वर्षीय स्पिनरले शनिबार आयरल्याण्डविरुद्धको टेस्ट दौरान चोट बोकेका थिए ।
इंग्ल्यान्डको कप्तानी बेन स्टोक्सले सम्हालेपछि उनले इंग्ल्यान्डका लागि १३ टेस्ट खेलेका छन् । जसमा ४५ विकेट लिएका छन् ।
उनको स्थानमा खल्ने खेलाडीको टुंगो लागेको छैन ।
एसेज सिरिज आगामी जुन १६ बाट सुरु हुनेछ ।
स्पिनर ज्याकले एसेज सिरिज गुमाउने








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)