हेजलवुडले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने
आइतबार, जेठ २१, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियन तिव्र गतिका बलर जोस हेजलवुडले भारतविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका गुमाउने भएका छन् ।
शारिरिक रुपमा फिट नरहेपछि जोसले बुधबार सुरु हुने फाइनल खेल गुमाउने भएका हुन् । जोसको स्थानमा माइकल नेसेरले टोलीमा स्थान बनाएका छन् ।
जोसको अनुपस्थितीले अर्का तिव्र गतिका बलर स्कट बोल्यान्डलाई मौका मिल्ने अनुमान गरिएको छ । फाइनल खेल जुन ७ देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुदैछ ।
अष्ट्रेलियन टोलीका मुख्य चयनकर्ता जर्ज बेइलीले हेजलवुडलाई एशेज सिरिजको पहिलो खेलमा भने टोलीमा राखिएको बताएका छन् । एशेज अन्तर्गतको पहिलो खेल जुन १६ बाट इंग्ल्यान्डमा नै सुरु हुनेछ ।
हेजलवुडले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)