काठमाडौं । नेपालले चौथो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मलेसियाविरुद्ध टस जितेको छ ।
टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि मलेसियाले पहिले बलिङ गर्दैछ ।
नेपालले टोलीमा एक परिवर्तन गरेको तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको स्थान अप्सरी बेगमले लिएकी छिन् ।
पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो । नेपाल लगातार तेस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।
उता, मलेसियालाई सिरिज जित्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।