काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि घरेलु टोली घोषणा भएको छ ।
क्रेग इर्भिनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै जिम्बावे समूह ए मा रहेको छ । नेपालसँग जुन १८ अर्थात असार ३ मा जिम्बावेको पहिलो खेल रहेको छ ।
यस समूहमा नेपाल र जिम्बावेसँगै अमेरिका,वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । क्रिकेट विश्वकप छनोट खेल्ने १० राष्ट्रमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
जिम्बावेको टोली :
रायन बर्ल, तेन्दाई चतरा, क्रेग इर्भिन, ब्राडलीइभान्स, जोयलर्ड गुम्बी, ल्यूक जोंगवे, काया इनोसेन्ट, मदन्डे क्लाइभ, मधवेर वेस्ली, मारुमानी ताडिवानाशे, वेलिंगटन मासाकाद्जा, ब्लेसिंग मुजारबानी, रिचर्ड नगरभा, सिकन्दर राजा, सेन विलियम्स