शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

श्रीलंकाविरुद्ध अफगानिस्तानको सहज जित

शुक्रबार, १९ जेठ २०८०खेलपाटी संवाददाता
श्रीलंकाविरुद्ध अफगानिस्तानको सहज जित
mustang rice ad

काठमाडौं । पाहुना टोली अफगानिस्तानले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) खेलमा जित हात पारेको छ । 

हम्मनटोटामा भएको पहिलो खेलमा घरेलु टोली ६ विकेटले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ ।

घरेलु टोली श्रीलंकाले दिएको २ सय ६९ रनको लक्ष्य पाहुना टोली अफगानिस्तानले ४६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

पाहुना टोलीका लागि ईब्राहिम जाड्रानले ९८ बलमा ११ चौका र २ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ्स खेले । रहमत शाहले ८० बलमा ३ चौकाको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ्स खेले । 

२५ रनमा पहिलो विकेट गुमाएको पाहुना टोलीका लागि जाड्रान र शाहले दोस्रो विकेटका लागि १ सय ४६ रनको साझेदारी गरेर टोलीलाई जित नजिक पुर्याए । 

कप्तान हशमतुल्लाह शाहिदी ३८ रन बनाउँदा मोहम्मद नाबी २७ रनमा अविजित रहे ।

घरेलु टोलीका लागि कुशन रजिंथाले २ तथा मथिशा पथिराना र लाहिरु कुमाराले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुदै २ सय ६८ रन बनायो । 

घरेलु टोली श्रीलंकाका लागि चरिथ असलांका ९५ बलमा १२ चौकाको सहयोगमा ९१ रन बनाउँदै आउट भए । 

धनन्जय डि सिल्भा ५९ बलमा ५ चौकासहित ५१ रनको अर्धशतकीय ईनिङ खेले । पाँचौं विकेटका लागि चरिथ र डी सिल्भाले १ सय ८ बलमा ९९ रनको महत्वपूर्ण  साझेदारी गरेका थिए । 

पथुम निशंकाले ३८ रन बनाउँदा डेब्यू खेल खेलेका दासुन हेमान्था २० बलमा २२ रन बनाए ।

कप्तान दासुन शनाका १७ तथा एन्जिलो म्याथ्युज १२ रनमा आउट भए ।  

पाहुना टोली अफगानिस्तानका लागि फैजलहक फारुकी र फरिद अहमदले समान २/२ विकेट लिए । 

अजमतुल्लाह उमरजाई, मुजिब उर रहमान, नूर अहमद र मोहम्मद नाबीले समान १/१ विकेट लिए ।

दुई देशबीचको दोस्रो ओडिआई खेल आगामी आईतबार रहेको छ । 

LiNing Ad
श्रीलंकाविरुद्ध अफगानिस्तानको सुखद सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै