काठमाडौं । अफगानिस्तानका राशिद खानले श्रीलंकासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआइ) सिरिजको सुरुआतका दुई खेल गुमाउने भएका छन् ।
खान मेरुदन्डको चोटका कारण श्रीलंकाविरुद्धको पहिलो दुई एकदिवसीय खेलबाट बाहिरिएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार खानलाई पूर्ण चिकित्सकीय निगरानीमा राखिने जनाएको छ । जुन ७ मा हुने अन्तिम एकदिवसीय खेलमा खानले पुनरागमन गर्ने जनाएको छ ।
राशिदको अनुपस्थितिमा मोहम्मद नबी, मुजिब उर रहमान र नूर अहमदले स्पिन विभागमा थप जिम्मेवारी वहन गर्नुपर्नेछ।
भारतमा आयोजना हुने आसन्न आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाईसकेको अफगानिस्तानले विश्वकप तयारीको रुपमा यो सिरिजलाई हेरिरहेको छ ।
श्रीलंका भने आगामी जुन १८ देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोटको तयारीमा रहेको छ ।
श्रीलंकाले यस सिरिजलाई विश्वकप छनोट प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।