काठमाडौं । नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज बिहिबार मलेसियासँग खेल्दैछ ।
खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।
पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज १–१ को बराबरीमा छ ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
नेपाल आज लगातार दोस्रो जितका साथ सिरिजमा अग्रता लिन चाहन्छ ।
उता, मलेसिया पनि सोहि लक्ष्यका साथ मैदान उत्रने छ ।
मलेसियासँग जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।