निजगढ । महेन्द्र नारायण निधि टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई पराजित गर्यो भने दोश्रो खेलमा गण्डकीले कर्णालीलाई हरायो ।
जनकपुरधामस्थित रामजानकी रंगशालामा संचालित प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा लुम्बिनीले बागमतीलाई ४३ रनले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनिले ६ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । लुम्बिनिका लागी ओपनर देब खनालले अर्धशतक बनाए । देबले ३७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ५१ रन बनाए ।
लुम्बिनिका अन्य ब्याटरहरु प्रज्वल थापाले ४४ र बसिर अहमदले ३२ रन बनाए । बाग्मतिका इशान पान्डेले सर्वाधिक २ विकेट लिए भने रामनरेश गिरि र रिजन ढकालले समान १/१ विकेट लिए । जवाफी ब्याटिङमा बाग्मतिले १९.५ ओभरमा १ सय ८ रन बनाउदै अल आउट भयो ।
बागमतीका रिजन ढकालले सर्वाधिक २० रन बनाए । बागमतीलाई अल आउट गर्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पारे । अनिलले ४ ओभरमा २० रन मात्रै खर्चिएका थिए ।
लुम्बिनीका अन्य बलरहरु निर्मल गुरुङ र कृष्ण कार्कीले २/२ विकेट लिए भने मोहम्मद हुसेन र विशाल बिक्रम केसीले१/१ विकेट लिन सफल भए । खेलको म्यान अफ द म्याच लुम्बिनिका देब खनाल भए ।
बुधबार दिउँसो सम्पन्न दोश्रो खेलमा गण्डकीले कर्णालीलाई ९५ रनको फराकिलो जित हात पार्यो । टस जितेर ब्याटिङ गरेको गण्डकीले १९.४ ओभरमा १४० रन बनाउदै अलआउट भयो ।
गण्डकीका ओपनर इश्वर क्षेत्रीले अर्धशतक बनाए । इश्वरले ४५ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ६१ रन बनाए । कर्णालीका युनिश सिंहले सर्वाधिक ३ विकेट हात पारेका सिंहले ३.४ ओभर बलिङ गर्दै १५ रन खर्चिए ।
कर्णालीका अन्य बलरहरु दिवान पुन र रविन्द्र शाहिले२/२ विकेट लिए भने दिपेन्द्र रावत र प्रकाश जैसिले १/१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रीएको कर्णाली ११.२ ओभरमा मात्र ४५ रन बनाउदै सबै विकेट गुमाएर अलआउट भयो ।
कर्णालीका लागी सबैभन्दा धेरै रन बनाएका प्रकाश जैसिले १४ रन बनाए । कर्णालीलाई दबाबमा राखेको गण्डकिका बलर कमल परियारले सर्वाधिक ४ विकेट हात पारे । कमलले ४ ओभरमा २० रन खर्चिए ।
गण्डकीका अन्य बलरहरु बिपिन खत्रीले ३,सुबाष भण्डारीले २ र चन्द्र पौडेलले १ विकेट लिए । खेलको म्यान अफ द म्याच गण्डकिका इश्वर खत्री भए ।
प्रतियोगिता अन्तर्गत बिहिबार ९ बजेदेखी हुने पहिलो खेलमा मधेश र लुम्बिनीबिच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजेदेखी हुने दोश्रो खेलमा गण्डकी र सुदुरपश्चिमबिच प्रतिस्पर्धा हुनेछ ।