• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यसरी पुग्नेछ नेपाल एकदिवसीय विश्वकपमा
खेलपाटी संवाददाता
बुधबार, जेठ १७, २०८० खेलपाटी संवाददाता
यसरी पुग्नेछ नेपाल एकदिवसीय विश्वकपमा

काठमाडौं । नेपालले आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोट खेल्दैछ। १० टोली सहभागी प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ ।

यस प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्।

नेपाललाई छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहेको छ । दश राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । 

आइसीसीले प्रकाशित गरेको समूह विभाजनमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा घरेलु टोली जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । 

नेपालले १८ जुन अर्थात असार ३ मा घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्नेछ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । 

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । 

nepali cricket1684547181.jpg

विश्वकप सुपर लिगको पुछारका पाँचमा रहेका श्रीलंका, वेस्टइन्डिज, नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएका थिए । त्यसैका कारण यि पाँच टोली छनोटमा सहभागी हुनेछन् ।

आइसीसी विश्वकप लिग टू का नेपाल सहितका शीर्ष तीन टोली स्कटल्यान्ड र ओमानले पनि विश्वकप छनोट खेल्नेछन् । प्लेअफ क्वालिफायरको शीर्ष दुई टोली अमेरिका र युएईले पनि विश्वकप छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसीसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसीसीले समूह विभाजन गरेको छैन । 

समूह चरणमा नेपालले आफ्नो समूहको चार टोलीसँग खेल्नु पर्ने हुन्छ । कम्तिमा दुई खेल जितेर नेपालले सुपर सिक्सको अवसर सिर्जना गर्नेछ ।

सुपर सिक्स

हरेक समूहमा पाँच टोली रहेका छन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा स्थान बनाउन नसक्ने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।

विश्वकपमा स्थान बनाउँन नेपालले सुपर सिक्समा स्थान बनाउनु पर्ने हुन्छ । यसका लागि नेपालले समूह चरणमा शीर्ष तीनको स्थान कायम गर्नुपर्ने हुन्छ । सुपर सिक्समा समूह चरणमा खेलेका बाहेकका अन्य टोलीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । 

सुपर सिक्समा समूह चरणको प्रदर्शनको समेत हिसाब हुने हुँदा समूह चरणमा समेत नेपालको प्रदर्शन अब्बल रहनु पर्नेछ । सुपर सिक्सको शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्न सके नेपाल पहिलो पटक आइसीसी एकदिवसीय विश्वकपका लागि छानिने छ ।

विश्वकपमा भारत, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले स्थान बनाईसकेका छन् । यि आठ राष्ट्र आइसीसी विश्वकप सुपर लिगमा शीर्ष आठमा परेपछि सोझै विश्वकपमा पुगेका हुन् ।

आइसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार राती दक्षिण अफ्रीका प्रस्थान गरीसकेको छ ।

nepal crikcet team1685504085.jpg

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको हो ।तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने र मुख्य मुख्यप्रशिक्षक मोन्टि देशाई भने दक्षिण अफ्रीका गएका छैनन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दाको फैसला नभएको कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन्  ।  मुख्य प्रशिक्षक देशाई भने भिसा समस्याका कारण केहि दिनमा जादै छन् ।

नेपालले दक्षिण अफ्रीकामा स्थानिय टोली सहित नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छन् । नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP