काठमाडौं । नेपालले दास्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस हारेको छ ।
बांगीमा टस हारेको नेपालले पहिला फिल्डिङ गर्दैछ । टस जितेर मलेसियाले ब्याटिङ रोजे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो ।
ओपनर विन्दु रावल र सरस्वीकुमारी चौधरीलाई प्लेइङ-११ मा मौका दिएको छ । कृतिका मरासिनी र अप्सरी बेगमलाई बेन्चमा राखेको छ ।
पहिलो खेल पाँच विकेटले गुमाएको नेपाल पाँच खेलको टी-ट्वान्टी सिरिजमा १-० ले पछि छ ।
नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको मलेसियासँग पहिलो हार थियो ।
नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहन्छ ।
मलेसिया पहिलो खेलको नतिजा कायम राख्ने सोचमा रहेको छ । यस खेल जितेर मलेसिया सिरिजमा अग्रता दोब्बर गर्न चाहन्छ ।
जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।