काठमाडौं । गुजरात टाईटन्सका ओपनर शुभमन गिल ईन्डियन प्रिमियर लिग(आइपीएल) २०२३ का 'प्लेयर अफ दि सिरिज' बनेका छन् ।
आइपीएल २०२३ अवधी भर उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका गिल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । गिलले प्रतियोगिता अवधीभर १७ खेलमा ५९ दशमलब ३३ को औसतमा ८ सय ९० रन बनाएका थिए ।
गिलले ३ शतक समेत प्रहार गरेका थिए । गिलले २६ मे २०२३ मा मुम्बई इन्डिन्सविरुद्ध भएको दोस्रो क्वालिफायर खेलमा सर्वाधिक १ सय २९ रन बनाएका थिए ।
प्रतियोगिता भर सानदार ब्याटिङका साथ सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहँदै गिलले ओरेन्ज क्याप समेत आफ्नो नाममा गरे ।
मंगलबार बिहान सम्पन्न फाइनल खेल भने गुजरातले गुमाएको थियो । फाइनल खेलमा गिलले ३९ रन मात्र बनाएका थिए ।
मंगलबार बिहान अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्सले उपाधि जितेको थियो ।