• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चेन्नईलाई आइपीएलको उपाधि
खेलपाटी संवाददाता
मंगलबार, जेठ १६, २०८० खेलपाटी संवाददाता
चेन्नईलाई आइपीएलको उपाधि

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि जितेको छ । 

अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ । 

dhoni1683769064.jpg

गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ सुरु गरेको पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो । र, चेन्नईले १ सय ७१ रनको नयाँ लक्ष्य पाएको थियो ।

नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । 

चेन्नईका लागि डेभोन कन्वेले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै जिताएका थिए ।

चेन्नईका शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा अविजित रहे । रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

May be an image of 5 people and text

चेन्नईलाई उपाधि जित्न ओभरमा १३ रन चाहिँएको थियो । बलिङमा मोहित शर्मा आउँदा क्रिजमा शिबम दुबे र रविन्द्र जडेजा रहेका थिए । मोहित शर्माले पहिलो बल दुबेलाई डट राखे ।

दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले । चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो ।

पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो । अन्तिम बलमा जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

jaddu1685406905.jpg

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ३९ बलमा ७४ रन जोड्दै उत्कृष्ट सुरुआत गरेका थिए । गायकवाड १६ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । 

May be an image of 2 people and text

अजिंक्या रहाणे १३ बलमा २ चौका र २ छक्कासहित महत्वपूर्ण २७ रन जोड्दै आउट भए । उनी मोहित शर्माको बलमा विजय शंकरबाट क्याच आउट भए ।

आफ्नो आइपीएल करिअरको अन्तिम खेल खेलेका अम्बाती रायुडू ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए ।

गुजरातका मोहित शर्माले  ३ तथा २ विकेट लिए ।

May be an image of 3 people and text

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो । 

गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले । शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । 

पहिलो विकेटका लागि ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले ४२ बलमा ६७ रनको साझेदारी गरे । पछिल्लो चार खेलमा तीन शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए ।

दोस्रो विकेटका लागि ऋद्धिमान शाह र साई शुदर्शनले ६४ रनको साझेदारी गरे । 

May be an image of 4 people and text

कप्तान हार्दिक पान्ड्याले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । राशिद खान शुन्य रनमा आउट भए ।

चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिए । 

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानलाई बराबरी गरेको छ । उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने योजना बिफल भएको छ । 

May be an illustration of 6 people and text

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
युनाइटेडको महँगो आक्रमणपंक्ति आर्सनको नियन्त्रणमा
युनाइटेडको महँगो आक्रमणपंक्ति आर्सनको नियन्त्रणमा
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP