काठमाडौं । गुजरात टाईटन्सले १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को च्याम्पियन बन्नका लागि चेन्नई सुपर किंग्सलाई २ सय १५ रनको लक्ष्य दिएको छ ।
अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो ।
गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले । शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।
पहिलो विकेटका लागि ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले ४२ बलमा ६७ रनको साझेदारी गरे । पछिल्लो चार खेलमा तीन शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए ।
दोस्रो विकेटका लागि ऋद्धिमान शाह र साई शुदर्शनले ६४ रनको साझेदारी गरे ।
कप्तान हार्दिक पान्ड्याले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । राशिद खान शुन्य रनमा आउट भए ।
चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।
साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।
फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौ पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।
घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।
चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ ।
समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो ।