काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई जेन नेक्स्ट कन्सल्टिङ ग्रुपले आफ्नो कन्सल्टिङको ब्रान्ड एम्बासडर बनाएको छ ।
जेनका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अस्लम र कप्तान रोहितले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
१ जुलाई २०२३ बाट लागु हुने गरि सो सम्झौता भएको हो । सम्झौता एक वर्ष सम्मका लागि भएको हो । सम्झौतामा उल्लेखित शर्तहरु बाहिर जानकारी गराइएको छैन । सम्झौता दुई पक्षमा मात्र सिमित गराईएको छ । ब्रान्ड एम्बासडर भए बापत रोहितले आफ्नो सामाजिक सन्जालमा जेन नेक्स्टको प्रवद्र्धन गर्नु पर्ने हुन्छ ।
त्यसबाहेक रोहित जेन नेक्स्ट सहभागी हुने शैक्षिक मेलाहरुमा समेत सहभागी हुनेछन् । सम्झौता गर्न पाउँदा आफु साह्रै खुसि रहेको कप्तान पौडेलले बताए ।
'सरकारी पक्षबाट सफलतामा मात्र साथ र सहयोग रहने देखिएको छ । हरेक समयमा सफलता प्राप्त हुन्छ भन्ने छैन ,' कप्तान रोहितले भने 'यस्ता सम्झौताले कठिन परिस्थितिमा आफुहरुलाई ठूलो सहयोग मिल्ने छ ।'
ग्रुपका प्रमुख कार्यकारी अधिकृत मोहम्मदले कप्तान रोहित लगायत नेपाली राष्ट्रिय टोलीसँग जोडिन पाउँदा धेरै खुसि लागेको बताए ।
'लामो समय देखि मैले नेपाली क्रिकेटलाई नजिकबाट नियाली रहेको थिए । पछिल्लो केही महिनामा क्रिकेट टोलीले दिलाएका सफलता लोभ लाग्दो रहेको छ ,' प्रमुख कार्यकारी अधिकृत अस्लामले भने 'क्रिकेटको सफलतामा हाम्रो टिमले साथ दिन पाउँदा धेरै खुसि छौ ।'
एक फरक प्रसङ्गमा कप्तान रोहित आउदै गरेको विश्वकप छनोटमा आफुहरुले राम्रो प्रदर्शन गर्ने बताए । विश्वकप छनोटको थप तयारीका लागि नेपाली टोली मंगलबार दक्षिण अफ्रिका तर्फ जाने छ ।