निजगढ । दोश्रो संस्करणको महेन्द्र नारायण निधि टी- ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक मधेश प्रदेशले विजयी सुरुआत गरेको छ ।
जनकपुरस्थित रामजानकी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मधेशले कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ६ विकेट गुमाउदै १ सय २५ रन बनायो । कोशीकालागी फिर्दोश अन्सारिले सर्वाधिक ३७ रन बनाए भने सिद्धान्त लोहनिले २७ र सुजन थपलियाले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन । मधेशका लागि रुपेश सिंह र विशाल सुस्लिङले समान २/२ विकेट लिए भने विशाल पटेलले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रीएको मधेशले १९.३ ओभरमा ८ विकेट गुमाउदै १२६ रन बनायो । इम्रान शेखले सर्वाधिक ३८ रन बनाए । शेखले ३० बलमा २ छक्का र २ चौका प्रहार गर्दै ३८ रन बनाए ।
मधेशका लागि अन्य ब्याटरहरु पवन सराफले ३७,विशाल सुस्लिङले १५ र अनिल साह र रुपेश सिंहले समान १०/१० रन बनाए । कोशिकालागी दिपेश सर्वाधीक ३ विकेट लिए । दिपेशले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिएर ३ विकेट लिएकाहुन । कोशिका अन्य बलरहरु मुकुन्द यादव र प्रकाश कार्किले समान २/२ विकेट लिए ।
प्रतियोगिताको म्यान अफ द म्याच मशेशका अलराउन्डर विशाल सुस्लिङ घोषित भए । १५ बलमा १५ रन प्रहार गर्दै ३ ओभरमा १५ रन खर्चिएर २ विकेट हात पार्दै अलराउन्ड प्रदर्शन गरेका बिशालले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मङ्गलबार बिहान ९ बजेदेखी हुने पहिलो खेलमा बाग्मती र कोशी बिच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजेदेखी हुने दोश्रो खेलमा मधेश र गण्डकी बिच प्रतिस्पर्धा हुनेछ । लिग चरणमा पहिलो र दोश्रो हुने टिमले फाइनलमा स्थान बनाउने छन ।
मधेश प्रदेश क्रीकेट संघद्वारा आयोजित प्रतियोगितामा ७ वटा प्रदेशको सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेता टिमले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
जेठ २६ गतेसम्म संचालन हुने प्रतियोगीताको लागत अनुमान करिब ६० लाख रुपैयाँ रहेको जनाईएको छ ।