काठमाडौं । नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेल आज सोमबार हुदैछ ।
सिरिजको पहिलो खेल वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार सोमबार बिहान पौने ९ मा सुरु हुनेछ ।
११ महिना पछि अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेको नेपाली टोली जितका साथ सिरिजको सुरुआत गर्न चाहान्छ । पछिल्लो समय लयमा रहेको मलेसिया नेपालविरुद्धको ऐतिहासिक जितको खोजीमा रहेको छ ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन् । तीनै खेलमा नेपाली टोली अपराजित रहेको छ ।
दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ । जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।
पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।
नेपाली टिम :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी