कैलाली प्रिमियर लिगः कैलालीको गोदावरी नगरपालिका च्याम्पियन
कैलाली । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भएको कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलालीको गोदावरी नगरपालिको जितेको छ ।
जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको फाईनलमा टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको हो ।
फाईनलमा टिकापुर नगरपालिकाले पहिले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षति मात्र ८६ रन जोड्न सक्यो । टिकापुर नगरपालिकाका लागि यादव साउँदले २८ बलमा सर्वाधिक २१ रन बनाउँदा रक्षित वम ३२ बलमा १३ रन तथा सञ्जय रावलले ११ बलमा १० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । बलिङ तर्फ गोदावरी नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्कीले समान ३÷३ विकेट लिदा फिर्दोष अन्सारीले २ विकेट लिए ।
८७ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरी नगरपालिकालेले निर्धारित २० ओभरको खेलमा १५.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । गोदावरी नगरपालिकाका लागि फिर्दोष अन्सारीले ३४ बलमा अविजित सर्वाधिक २३ रन बनाउँदा सैलेश कठायत १८ बलमा २० रन तथा दिपेश कडेँलले १२ बलमा अविजित १७ रन बनाए ।
टिकापुर नगरपालिकाका लागि पारस तिमिल्सिनाले २ विकेट लिए ।
उपाधि जितेसँगै गोदावरीले एक लाख ५० हजार नगद तथा उपविजेता टीकापुरले नगद ७५ हजार प्राप्त गरेको छ । विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ ।
फाप्ला खेलग्राम विकास समितीका अध्यक्ष सुवाश शाही, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, कोषाध्यक्ष दिनेशबहादुर सिंह, कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिबहादुर खड्का, नेपाल क्रीकेट संघका पुर्व उपाध्यक्ष तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका सल्लाहकार रतनबहादुर कठायत, नेपाल क्रीकेट संघका पुर्व केन्द्रिय सदस्य तथा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद लगायतले पुरस्कार वितरण गरे ।








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)