काठमाडौं । आगामी जुन ७ देखि इंग्ल्यान्डमा आयोजना हुने विश्व टेस्ट च्यापियनसिप(डब्लुटीसी)को फाइनलमा भारतीय टिममा वैकल्पिक खेलाडीको रुपमा यशस्वी जैसवालले स्थान बनाएका छन् ।
टोलीका वैकल्पिक खेलाडीको रुपमा समावेश ऋतुराज गायकवाड बिबाहका कारण टिममा अनुपस्थित रहने हुँदा जैसवालले मौका पाएका हुन् ।
गायकवाडले आफ्नो बिबाहका कारण डब्लुटीसी फाइनल गुमाउने भएपछि उनको स्थानमा जैसवाललाई टोलीमा समावेश गरिएको हो ।
बीसीसीआईले अष्ट्रेलियाविरुद्धको डब्ल्यूटीसी फाइनलका लागि गायकवाडलाई वैकल्पिक ओपनरको रूपमा थपेको थियो । जयसवालसँग बेलायत केही दिनमै लण्डन उड्नेछन् ।
जैसवाल पछिल्लो समय उत्कृष्ट फर्ममा छन् । सन् २०२३ को आइपीएलमा राजस्थान रोयल्सका लागि उनले १४ इनिङमा ५ अर्धशतक र एक शतकसहित ६ सय २५ रन बनाएका थिए ।
जैसवालले अहिलेसम्म कुनै पनि फर्म्याटमा डेब्यु गरेका छैनन् । तर, उनको उत्कृष्ट प्रथम श्रेणी रेकर्ड छ । प्रथम श्रेणीमा उनले १५ खेलमा १८४५ रन बनाएका छन् । जैसवालले ८० दशमलब २१ को औसतमा ९ शतक र २ अर्धशतकको साथ बनाएका छन् ।
सन् २०२२–२३ को रणजी ट्रफीमा उनले पाँच खेलमा ४५ को औसतमा एक अर्धशतक र एक शतकसहित ३१५ रन बनाएका थिए ।
भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीमा अजिक्या रहाणेले टेस्ट क्रिकेटमा पुनरागमन गरेका छन् ।
डब्लुटीसीको फाइनल आगामी जुन ७ देखि जुन ११ सम्म इंग्ल्यान्डको ओभलमा आयोजना हुनेछ ।
फाइनलमा भारतले अष्ट्रेलियाको सामना गर्नेछ । भारत लिग चरणको उपविजेता र अष्ट्रेलिया विजेता हुदै फाइनलमा स्थान बनाएका हुन् ।
भारतको टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिक्य रहाणे, इशान किशन(विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनादकट