• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १२, २०८० खेलपाटी संवाददाता
पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

काठमाडौं ।  चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा शुक्रबार पुरुष क्रिकेट प्रतियोगितामा स्वर्ण जितेको छ । महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो ।

निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो ।

चितवनका बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरका ब्याटर लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । चितवनका बलर दिवस आचार्यले पाँच विकेट लिँदै ललितपुरको इनिङ धरासयी बनाए । उनले चार ओभरमा १५ रन मात्र खर्चिए ।

दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट लिँदै ललितपुरलाई सस्तैमा रोके ।   ललितपुरका विवेक रानामगर २७ रनमा नटआउट रहँदा ओपनर आशुतोष घिरैया २५ रन, रोनिम तिवारीले १६ रन र आरस तामाङले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल जोड्यो । निकै खराब सुरुआत चितवनले २.१ ओभरमा नै दुई विकेट गुमाउँदा ११ रन मात्र जोडेको थियो ।

ललितपुरका बलर प्रसिद्ध बज्रचार्याले ओपनर साकार ढकाल ४ रनमा र सन्तोष न्यौपानेलाई १ रनमा पवेलियन फर्काउँदै चितवनलाई ठूलो झड्का दिए । यद्यपि, तेस्रो विकेटका लागि ओपनर पाल्देन लामा र जेनिस महतले ५३ रनको अर्धसतकीय साझेदारी गर्दै इनिङ समाले । गौतम केसीले ३६ रन, पाल्देनले ३४ रन र जेनिस र प्रतीक श्रेष्ठले समान ३२ रन जोडेपछि घरेलु टोलीले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो ।

ललितपुरका बलर प्रसिद्धले तीन विकेट लिँदा विवेक रानामगरले दुई तथा युनिस थापा र आदिल खानले एक विकेट लिए । प्रतियोगितामा काठमाडौंका इसान पाण्डे प्लेयर अफ दी सिरिज भए । काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित भए । विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यलय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कृत गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP