• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लखनउलाई हराउदै मुम्बई दोस्रो क्वालिफायरमा 
खेलपाटी संवाददाता
बुधबार, जेठ १०, २०८० खेलपाटी संवाददाता
लखनउलाई हराउदै मुम्बई दोस्रो क्वालिफायरमा 

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउदै मुम्बई ईन्डियन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो । 

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो । 

Akash Madhwal1684982575.jpg

लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलब २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

तेस्रो विकेटका लागि कप्तान कुर्नाल पान्ड्या र मार्कस स्टोयनिसले ४६ रनको साझेदारी गरे । 

दीपक हुडाले १३ बलमा १ छक्काको सहयोगमा १५ रन बनाए । ओपनर कायल मेयर्सले १३ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए ।

लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दशौं ओभरमा आकाश मधवालले लगातार दुई विकेट लिएसँगै मुम्बई खेलमा हाबी भएको थियो ।

मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए । लखनउका तीन ब्याटर रन आउट भएका थिए ।

May be an image of 1 person and text

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।

मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।

अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे ।

तेस्रो विकेटका लागि सूर्यकुमार यादव र क्यामरन ग्रीनले ३८ बलमा ६६ रनको साझेदारी गर्दै बलियो योगफलतर्फ मुम्बईलाई लगेका थिए ।

तर, नविन उल हकले ११ औं ओभरमा सूर्य र ग्रीन दुबैलाई आउट गरेपछि लखनउ खेलमा फर्किएको थियो ।

सूर्यले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । सूर्य आउट भएको दुई बलपछि ग्रीन बोल्ड भएपछि मुम्बई दबाबमा परेको थियो । नेहाल वधेराले १२ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए ।

तिलक बर्माले २२ बलमा २ छक्काको सहयोगमा २६ रन बनाए । टिम डेविडले १३ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए ।

May be an image of 3 people and text

लखनउका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोहसिन खानले एक विकेट आफ्नो नाम गरे ।

ईलिमिनेटर खेलमा लखनउलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । ईलिमिनेटर खेलमा पराजित लखनउ भने यस प्रतियोगिताबाट बाहिरिएको छ ।

मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग शुक्रबार खेल्ने छ । 

दोस्रो क्वालिफायर खेल शुक्रबार हुदैछ । गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । 

दोस्रो क्वालिफायरको विजेता फाइनलमा स्थान बनाउनेछ । पहिलो क्वालिफायरको विजेता चेन्नाईले फाइनलमा स्थान पक्का गरिसकेको छ । 

फाइनल खेल आगामी आईतबार हुनेछ । फाइनल खेल अहमदाबादमा आयोजना हुनेछ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
नेपाललाई १८४ रनको विशाल लक्ष्य
नेपाललाई १८४ रनको विशाल लक्ष्य
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
अस्ट्रेलियाली पूर्वकप्तान बब रहेनन्
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP