तेक्वान्दो टोलीको बिदाइ
बुधबार, जेठ १०, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु २०२३ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले बुधबार सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे ।
प्रतियोगिता जेठ १५ देखि २१ गतेसम्म आयोजना हुँदैछ ।
प्रतियोगितामा पुरुषतर्फ वीर बहादुर महरा, निरज देउबा, गोविन्द बहादुर आले र सुमित विष्ट सहभागी छन् ।
महिलातर्फ इन्दिरा बस्नेत, आयशा लामा, काजल श्रेष्ठ, र युनिशा राई रहेका छन् ।
प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल बाकु जाने छन् ।
बिदाइमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिव दिपराज गुरुङ र केन्द्रीय सदस्य कुमार लामा घिसिङ लगायतको उपस्थिति थियो ।
तेक्वान्दो टोलीको बिदाइ








-1753017726.jpeg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


