विश्वकप छनोटका लागि ओमानको बलियो टोली घोषणा

काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि ओमानको टोली घोषणा भएको छ ।
जीशान मकशूदको कप्तानीमा १७ सदस्यीय ओमानी टोलीको घोषणा भएको हो । प्रतियोगितामा ओमान समूह बी मा रहेको छ । ओमानको पहिलो खेल आयरल्यान्डसँग जुन १९ अर्थात असार ४ मा रहेको छ ।
यस समूहमा ओमान र आयरल्यान्डसँगै श्रीलंका, युएई र स्कटल्यान्ड रहेका छन् ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । क्रिकेट विश्वकप छनोट खेल्ने १० राष्ट्रमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
ओमानको टोली :
जीशान मकसूद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिंदर सिंह, कश्यप प्रजापति, शोएब खान, मोहम्मद नदीम, सन्दिप गौड, अयान खान, सूरज कुमार, अदील शफीक, नसीम खुशी, बिलाल खान, कलीमुल्लाह, फैयाज बट,जय ओडेड्रा, समय श्रीवास्तव, रफीउल्लाह






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

