नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।
स्कट एडवार्डको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स पनि समूह ए मा रहेको छ । घरेलु टोली जिम्बावेसँग जुन २० अर्थात असार ५ मा नेदरल्यान्ड्सको पहिलो खेल रहेको छ ।
नेपाल र नेदरल्यान्ड्सको खेल जुन २४ अर्थात असार ९ मा खेल रहेको छ । यस समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै घरेलु टोली जिम्बावे,वेस्ट इन्डिज र अमेरिका रहेका छन् ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । क्रिकेट विश्वकप छनोट खेल्ने १० राष्ट्रमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
नेदरल्यान्ड्सको टोली
स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओडाउड, लोगन भान बीक, विक्रम सिंह, आर्यन दत्त, भिभ किङ्मा, बास डे लिड, नोआ क्रोस, रायन क्लेन, तेजा निदामानुरु, वेस्ले बेरेसी, शारिज अहमद, क्लेटन फ्लोयड, माइकल लेविट र साकिब जुल्फिकर






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

