काठमाडौं । नेपालले आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोट खेल्दैछ। १० टोली सहभागी प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ ।
यस प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । विश्वकपमा भारत, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले स्थान बनाईसकेका छन् ।
यि आठ राष्ट्र आइसीसी विश्वकप सुपर लिगमा शीर्ष आठमा परेपछि सोझै विश्वकपमा पुगेका हुन् ।
नेपाललाई छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहेको छ । दश राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
आइसीसीले मंगबार प्रकाशित गरेको समूह विभाजनमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा घरेलु टोली जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा १८ जुन अर्थात असार ३ मा घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
विश्वकप सुपर लिगको पुछारका पाँचमा रहेका श्रीलंका, वेस्टइन्डिज, नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएका थिए । त्यसैका कारण यि पाँच टोली छनोटमा सहभागी हुनेछन् ।
आइसीसी विश्वकप लिग टू का नेपाल सहितका शीर्ष तीन टोली स्कटल्यान्ड र ओमानले पनि विश्वकप छनोट खेल्नेछन् । प्लेअफ क्वालिफायरको शीर्ष दुई टोली अमेरिका र युएईले पनि विश्वकप छनोट खेल्नेछन् ।
विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसीसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसीसीले समूह विभाजन गरेको छैन ।
समूह विभाजनमा नेपालले आफ्नो समूहको चार टोलीसँग खेल्नु पर्ने हुन्छ । कम्तिमा दुई खेल जितेर नेपालले सुपर सिक्सको अवसर सिर्जना गर्नेछ ।
सुपर सिक्स
हरेक समूहमा पाँच टोली रहेका छन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा स्थान बनाउन नसक्ने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।
विश्वकपमा स्थान बनाउँन नेपालले सुपर सिक्समा स्थान बनाउनु पर्ने हुन्छ । यसका लागि नेपालले समूह चरणमा शीर्ष तीनको स्थान कायम गर्नुपर्ने हुन्छ । सुपर सिक्समा समूह चरणमा खेलेका बाहेकका अन्य टोलीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
सुपर सिक्समा समूह चरणको प्रदर्शनको समेत हिसाब हुने हुँदा समूह चरणमा समेत नेपालको प्रदर्शन अब्बल रहनु पर्नेछ । सुपर सिक्सको शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्न सके नेपाल पहिलो पटक आइसीसी एकदिवसीय विश्वकपका लागि छानिने छ ।
पछिल्लो केही महिना यता नेपाली टोलीको प्रदर्शनले नेपाललाई विश्वकपको मन्चमा धेरै समर्थकले देखिसकेका छन् ।