अलि खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना
मंगलबार, जेठ ९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकाका तीव्र गतिका बलर अलि खानले आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।
तीव्र गतिका बलर खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ । खेल भावना विपरित कार्य गरेपछि उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाएकोले खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।
खान अमेरिकी टिममा रहेमा नेपालविरुद्ध अमेरिकाको खेलपश्चात मात्र प्रतिबन्धबाट फुकुवा पाउने छन् ।
विश्वकप छनोट अघि अमेरिकाको अन्तर्राष्ट्रिय खेल कुनै पनि नरहेकाले असार ५ गते नेपालविरुद्धको खेलमा खान उपलब्ध हुने सम्भावना कम रहेको छ ।
खान अमेरिकाका मुख्य तिव्रगतिका बलर हुन् । ३२ वर्षिय खानले १२ एकदिवसीय खेलमा ३० विकेट लिएका छन् ।
अलि खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

