काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको खेलाडी दर्ता प्रक्रिया भोलीबाट सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी दर्ता भोली सुरु हुने जानकारी दिएको छ । खेलाडीले पुस १० सम्म प्रतियोगिताका लागि आफ्नो दर्ता गर्न पाउनेछन् ।
तेस्रो संस्करणको खेलाडी अक्सनको समय पुस १२ गते निर्धारण गरिएको छ । अक्सनबाट छनोट भएका खेलाडी कम्तिमा ३ बर्षका लागि टोलीमा आबद्व हुनेछन् । प्रत्येक टिमले नयाँ सिजनमा ३ खेलाडीलाई रिलिज गर्नुपर्नेछ ।
प्रतियोगितामा नाम दर्ता गरेका खेलाडीले आफ्नो बेस प्राईज आफै तोक्नेछन् । सोही आधारमा खेलाडीलाई अक्सनमा समावेश गरिनेछ । प्रतियोगिता माघ १९ बाट फागुन ४ गतेसम्म हुदैछ ।
६ फ्रेन्चाईज टोलीको सहभागिता रहने प्रतियोगितामा २ जना विदेशी खेलाडी र एक जना स्थानीय खेलाडी अनिवार्य गरिएको छ ।