बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुभमनको बिष्फोटक शतकमा गुजरातको जित 

सोमबार, ०८ जेठ २०८०खेलपाटी संवाददाता
शुभमनको बिष्फोटक शतकमा गुजरातको जित 
Loading ad...
mustang rice ad

काठमाडौं । ओपनर शुमन गिलको शतकमा गुजरात टाईटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई जारी ईन्डियन प्रिमियर लिग(आइपीएल)को लि चरणको अन्तिम खेलमा पराजित गरेको छ ।

प्लेअफमा स्थान बनाउनका लागि जित्नै पर्ने खेलमा घरेलु मैदान एम चेन्नास्वामीमा बेंगलोर ६ विकेटले पराजित भएको हो । 

May be an image of 1 person and text

बेंगलोरले दिएको १ सय ९८ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

गुजरातको जितमा ओपनर शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित १ सय ४ रनको शतकीय ईनिङ्स खेले । आइपीएल करियरको दोस्रो शतक गिलले ५२ बलमा पूरा गरे । 

आइपीएल करियरमा बनाएको दुवै शतक गिलले यसै सिजन प्रहार गरेका हुन् । 

सुरुआत राम्रो हुन नसकेको गुजरातका लागि पहिलो विकेटका रुपमा ओपनर ऋद्धिमान शाह व्यक्तिगत १२ रनमा तेस्रो ओभरमा नै आउट भएका थिए । जितको आधार तय गर्ने क्रममा दोस्रो विकेटका लागि गिल र विजय शंकरले ७१ बलमा १ सय २३ रनको सानदार साझेदारी गरे । 

शंकरले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय ईनिङ्स खेले । राहुल तिवातिया ४ रनमा अविजित रहे । 

बेंगलोरका लागि मोहम्मद सिराजले २ तथा विजयकुमार वैशाख र हर्षल पटेले समान १/१ विकेट लिए । 

May be an image of 6 people and text

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । 

बेंगलोरका लागि विराट कोहलीले ६१ बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय १ रनको शतकीय ईनिङ्स खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । आइपीएल करियरको र्कीतिमानी सातौं शतक कोहलीले ६० बलमा पूरा गरेका थिए । 

May be an image of 1 person and text

पहिलो विकेटका लागि अर्का ओपनर तथा टोलीका कप्तान फाफ डु प्लेसिससँग मिलेर कोहलीले ४३ बलमा ६७ रन बनाउँदै राम्रो सुरुआत दिलाएका थिए । डु प्लेसिसले १९ बलमा ५ चौकाको सहयोगमा २८ रन बनाए । 

माइकल ब्रेसवेलले १६ बलमा ५ चौकाको सहयोगमा २६ रन बनाए । अनुज रावतले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए । 

गुजरातका लागि नूर अहमदले २ तथा यश दयाल,मोहम्मद सामी र राशिद खानले समान १/१ विकेट लिए । 

जितसँगै गुजरातले १४ खेलमा १० जित र ४ हार सहित २० अंकका साथ लिगको समूह चरण सकाएको छ । गुजरातले प्लेअफको पहिलो क्वालिफायर खेलमा मंगलबार चेन्नाई सुपर किंग्सको सामना गर्नेछ । 

बेंगलोर पराजित हुँदा मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएको छ । बेंगलोरले १४ खेलमा ७ जित तथा ७ हारका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ । 

Loading ad...
LiNing Ad
शुभमनको बिष्फोटक शतकमा गुजरातको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया