बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ग्रीनको शतकमा मुम्बई प्लेअफ नजिक 

आइतबार, ०७ जेठ २०८०खेलपाटी संवाददाता
ग्रीनको शतकमा मुम्बई प्लेअफ नजिक 
Loading ad...
mustang rice ad

काठमाडौं । मुम्बई इन्डियन्स सनराईजर्स हैदराबादलाई हराउदै १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफमा स्थान बनाउने सम्भावना कायमै रहेको छ । 

घरेलु मैदान वांनखडेमा मुम्बईले ८ विकेटको सानदार जित दर्ता गरेको हो ।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितसँगै राजस्थान रोयल्स भने प्रतियोगिताबाट बाहिरिएको छ । 

348675465_630114492011207_567951760460460_n1684677345.png

मुम्बईका लागि क्यामरन ग्रीनले ४७ बलमा ८ चौका र ८ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ्स खेले । पहिलो आइपीएल शतक ग्रीनले ४७ बलमा पूरा गरे ।

दोस्रो विकेटका लागि कप्तान रोहित शर्मासँग मिलेर ग्रीनले १ सय २८ रनको साझेदारी गरे । कप्तान शर्माले ३७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ्स खेले । 

ग्रीन र सुर्यकुमार यादवले तेस्रो विकेटका लागि अविजित रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । यादवले १६ बलमा ४ चौका सहयोगमा अविजित २५ रन बनाए । 

हैदराबादका लागि भुवनेश्वर कुमार र मंयक डगरले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । 

हैदराबादका लागि भिभ्रन्त शर्मा र मंयक अग्रवालले अर्धशतकीय ईनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

युवा ओपनर शर्माले ४७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाए । 

अर्का ओपनर अग्रवालले ४६ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ८३ रन बनाए ।

पहिलो विकेटका लागि शर्मा र अग्रवालले ८३ बलमा १ सय ४० रनको शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । 

हेनरिक केल्सनले १८ तथा कप्तान एडेन माक्ररमले ७ बलमा अविजित १३ रन बनाए । 

मुम्बईका लागि अकाश मधवालले ४ ओभरमा ३७ रन खर्चिदै ४ विकेट लिए । क्रिस जोर्डनले आफ्नो नाममा १ विकेट लिए । 

१४ खेलमा ८ जित र ६ हारका साथ मुम्बई चौथो स्थानमा उक्लिएको छ । आजकै दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएमा मुम्बईको यात्रा यतीमा नै सिमित हुनेछ । 

यदि आजको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोर गुजरात टाइटन्ससँग पराजित भएमा वा वर्षाको कारण खेल रद्द भएमा मुम्बई प्लेअफमा पुग्नेछ ।

Loading ad...
LiNing Ad
ग्रीनको शतकमा मुम्बई प्लेअफ नजिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया