बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिल्लीलाई हराउँदै चेन्नाई प्लेअफमा 

शनिबार, ०६ जेठ २०८०खेलपाटी संवाददाता
दिल्लीलाई हराउँदै चेन्नाई प्लेअफमा 
Loading ad...
mustang rice ad

काठमाडौं । दिल्ली क्यापिटल्सलाई हराउदै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नाईले ७७ रनको जित दर्ता गरेको हो । 

चेन्नाईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।

दिल्लीका लागि ओपनर तथा कप्तान डेबिड वार्नरले ५८ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८६ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । 

May be an image of 2 people and text

दिल्लीले पहिलो विकेटका रुपमा ओपनर पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान वार्नर र फिलिप साल्टले २१ रनको साझेदारी गरेका थिए । 

दिल्लीले ४ दशमलब ४ ओभरमा साल्टलाई गुमाएकोमा अर्को बलमा नै राईली रोसोउ गोल्डेन डग आउट भए ।

चौथो विकेटका लागि यश धुलसँग मिलेर वार्नरले ४९ रनको साझेदारी गरे । धुलले १५ बलमा १३ रन मात्र बनाए । 

पाचौ विकेटका रुपमा अक्षर पटेल ८ बलमा १ चौका र १ छक्का सहित १५ रन बनाएर आउट भए । 

चेन्नाईका लागि दीपक चहरले ३ तथा मथिशा पथिराना र महेश थिक्शनाले समान २/२ विकेट लिए । तुषार देशपान्डे र रविन्द्र जडेजाले समान १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । 

चेन्नाईका लागि ओपनरद्वय ऋतुराज गायकवाड र डेभोन कन्वेले सानदार अर्धशतकीय ईनिङ्स खेले । कन्वेले ५२ बलमा ११ चौका र ३ छक्काको सहयोगमा ८७ रन बनाए । 

गायकवाडले ३ चौका र ७ छक्काको सहयोगमा ७९ रन बनाए ।

May be an image of 1 person and text

पहिलो विकेटका लागि कन्वे र गायकवाडले ८७ बलमा १ सय ४१ रनको सानदार साझेदारी गरेका थिए ।

दोस्रो विकेटका लागि कन्वेले शिभम दुवेसँग मिलेर २२ बलमा ५४ रनको साझेदारी गरेका थिए । दुवेले ९ बलमा ३ छक्काको सहयोगमा २२ रन बनाए ।

चौथो विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले ११ बलमा अविजित २८ रनको साझेदारी गरे । जडेजा ७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २०रनमा अविजित रहे । 

कप्तान धोनी ४ बलमा ५ रन बनाउदै अविजित रहे । 

दिल्लीका लागि चेतन साकरिया,एनरिच नोर्किया र खलिल अहमदले समान १/१ विकेट लिएका थिए ।  

जितसँगै १४ खेलमा ८ जित र ५ हारका साथ चेन्नाई दोस्रो स्थानमा कायम रहँदै प्लेअफमा स्थान बनाएको छ । शीर्ष चारमा रहँदै प्लेअफमा स्थान बनाउने चेन्नाई दोस्रो टोली हो । 

May be an image of 11 people and text

साबिक विजेता गुजरात टाईटन्सले यस अघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । 

प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली १४ खेलमा १० अंकका साथ नवौं स्थानमा रहेको छ । 

Loading ad...
LiNing Ad
दिल्लीलाई हराउदै चेन्नाई प्लेअफमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया