काठमाडौं । भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज शनिबार दुई खेल हुदैछ ।
शनिबारको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । खेल दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।
चेन्नाई दिल्लीलाई पराजित गरि आफ्नो प्लेअफ यात्रा सुनिश्चित गर्न चाहन्छ । पछिल्लो खेलमा आफ्नो घरले मैदानमा कोलकत्ता नाईट राईडर्ससँग पराजित भएर प्लेअफ प्रवेश गर्नबाट बन्चित चेन्नाई यस खेलमा जित सहित शीर्ष चारमा प्रवेश गर्न चाहन्छ ।
उता, शीर्ष चारको यात्राबाट बाहिरिसकेको दिल्ली यस सिजनको आफ्नो अन्तिम खेल जितका साथ समाप्त गर्न चाहन्छ । यसै सिजन चेन्नाईको घरेलु मैदानमा पाएको हारको बदला लिने लक्ष्यमा दिल्ली रहने छ ।
पछिल्लो खेलमा पन्जाब किंग्सलाई पराजित गरेको दिल्ली जितका साथ सिजन समाप्त गर्ने लक्ष्यमा रहेको छ ।
शनिबारको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाईट राईडर्सबीच खेल हुनेछ । कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ मा हुनेछ ।
कोलकत्तालाई पराजित गरि लिगको शीर्ष चारमा आफ्नो स्थान पक्का गर्न लखनउ चाहन्छ । आइपीएल ईतिहासकै सर्वाधिक सफल टोली मुम्बई ईन्डियन्समाथि गत खेलमा सानदार जित हात पारेको लखनउ लयमा रहेको छ ।
उता, पछिल्लो खेलमा चेन्नाईलाई घरेलु मैदानमा पराजित गरेको कोलकत्ताको आत्मविश्वास बलियो भएको छ । प्लेअफको सम्भावना कायमै राख्न कोलकत्ताले यो खेल फराकिलो अन्तरले जित्नु पर्ने हुन्छ ।