बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालले यसरी खेल्नेछ एकदिवसीय विश्वकप

शनिबार, ०६ जेठ २०८०खेलपाटी संवाददाता
नेपालले यसरी खेल्नेछ एकदिवसीय विश्वकप
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालले आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोट खेल्दैछ। १० टोली सहभागी प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ ।

यस प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । विश्वकपमा भारत, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले स्थान बनाईसकेका छन् । यि आठ राष्ट्र आइसीसी विश्वकप सुपर लिगमा शीर्ष आठमा परेपछि सोझै विश्वकपमा पुगेका हुन् ।

नेपाललाई पनि यस छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहनेछ ।

nepali cricket1684547181.jpg

विश्वकप सुपर लिगको पुछारका पाँचमा रहेका श्रीलंका, वेस्टइन्डिज, नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएका थिए । त्यसैका कारण यि पाँच टोली छनोटमा सहभागी हुनेछन् ।

आइसीसी विश्वकप लिग टू का नेपाल सहितका शीर्ष तीन टोली स्कटल्यान्ड र ओमानले पनि विश्वकप छनोट खेल्नेछन् । प्लेअफ क्वालिफायरको शीर्ष दुई टोली अमेरिका र युएईले पनि विश्वकप छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसीसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसीसीले समूह विभाजन गरेको छैन । 

समूह विभाजनमा नेपालले आफ्नो समूहको चार टोलीसँग खेल्नु पर्ने हुन्छ । कम्तिमा दुई खेल जितेर नेपालले सुपर सिक्सको अवसर सिर्जना गर्नेछ ।

सुपर सिक्स

हरेक समूहमा पाँच टोली हुनेछन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा स्थान बनाउन नसक्ने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ।

विश्वकपमा स्थान बनाउँन नेपालले सुपर सिक्समा स्थान बनाउनु पर्ने हुन्छ । यसका लागि नेपालले समूह चरणमा शीर्ष तीनको स्थान कायम गर्नु पर्ने हुन्छ । सुपर सिक्समा समूह चरणमा खेलेका बाहेका अन्य टोलीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । 

सुपर सिक्समा समूह चरणको प्रदर्शनको समेत हिसाब हुने हुँदा समूह चरणमा समेत नेपालको प्रदर्शन अब्बल रहनु पर्नेछ । सुपर सिक्सको शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्न सके नेपाल पहिलो पटक आइसीसी एकदिवसीय विश्वकपका लागि छानिने छ ।

पछिल्लो केही महिना यता नेपाली टोलीको प्रदर्शनले नेपाललाई विश्वकपको मन्चमा धेरै समर्थकले देखिसकेका छन् ।
 

Loading ad...
LiNing Ad
नेपालले यसरी खेल्नेछ एकदिवसीय विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया